काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाउनुभएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव सूर्यप्रसाद चापागाईँ ले भट्टले राजीनामा दिएको पुष्टि गर्नुभयो । उहाँका अनुसार भट्टको राजीनामा बिहीबारदेखि लागू हुने गरी पेश गरिएको हो ।
चापागाईँले नेपाल प्रेससँग भन्नुभयो, “उहाँले आजै मन्त्रालयमा राजीनामा बुझाउनुभएको हो । भोलिदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ ।”
सरकारले सार्वजनिक निकायमा नियुक्त व्यक्तिहरूलाई बर्खास्त गर्न ल्याएको अध्यादेशमा नेपाल आयल निगम समावेश नभए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव ले भट्टलाई राजीनामा दिन आग्रह गर्नुभएको बताइएको छ । सोहीअनुसार उहाँले पद त्याग गर्नुभएको स्रोतको भनाइ छ ।
डा. भट्टलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० फागुन २६ गते तीन वर्षका लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र