काठमाडौं । प्रधानमन्त्री वालेन शाह र सरकारको कार्यशैलीको विरोध गर्दै बुधबार माइतीघर मण्डलामा युवाहरूले प्रतीकात्मक प्रदर्शन गरेका छन्।
‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध’ भन्ने सन्देशसहित प्रदर्शनमा उत्रिएका सहभागीहरूले मुखमा कालो टेप लगाएर विरोध जनाएका थिए। उनीहरूले सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नतर्फ उन्मुख भएको तथा प्रधानमन्त्री संसद् र सार्वजनिक प्रश्नहरूप्रति गैरजिम्मेवार बनेको आरोप लगाए।
प्रदर्शनकारीहरूले प्लेकार्ड र पम्प्लेटमार्फत सरकारको आलोचना गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक आवाजको सम्मान गर्न माग गरेका थिए।
माइतीघर मण्डलामा भएको उक्त प्रदर्शनमा विभिन्न युवा तथा नागरिक अगुवाहरूको सहभागिता रहेको थियो।








तस्बिरहरु: सूर्याम्स उप्रेती







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र