काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार उक्त आदेश जारी गर्दै आगामी वैशाख २९ गते छलफलका लागि पक्षहरूलाई उपस्थित हुन निर्देशन दिएको हो।
अधिवक्ता डा. प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक तथा क्षेत्राधिकारविहीन रहेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।
रिटमा आयोग गठन तथा त्यसको कार्यक्षेत्र संविधान र प्रचलित कानुनअनुसार नभएको जिकिर गरिएको छ। अदालतको आदेशसँगै अब सरकार पक्षलाई लिखित जवाफ पेश गर्नुपर्ने भएको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र