काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा प्रतिवादी बनाइएका चुडामणी आपगाईंसमेतलाई विशेष अदालतले दिएको सफाइविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ईलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन इलाका प्रशासन प्रमुख (शाखा अधिकृत) चुडामणी आपगाईंसहितका प्रतिवादीहरूले नागरिकताको प्रमाणपत्रमा रहेको जन्ममिति विपरीत राहदानीमा उमेर घटाउने तथा बढाउने गरी बदनियतपूर्वक सरकारी कागजातमा गैरकानुनी हेरफेर गरेर राहदानी जारी गरेको आरोप लागेको थियो।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ अन्तर्गतको कसुर भएको दाबी गर्दै आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो।
तर, विशेष अदालत ले मिति २०८२ फागुन १२ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो। सो फैसलाप्रति असन्तुष्टि जनाउँदै आयोगले २०८३ वैशाख ३० गते सर्वोच्च अदालत मा पुनरावेदन निवेदन दर्ता गरेको जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा सरकारी अभिलेखमा अनधिकृत हेरफेर गरी राहदानी जारी गरिएको विषय गम्भीर प्रकृतिको भएकाले विशेष अदालतको फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतमा गएको उल्लेख गरिएको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र