काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सुर्खेत उपत्यका नगर विकास समितिमा करिब तीन करोड रुपैयाँ राजस्व हिनामिना भएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार जिल्ला सुर्खेतस्थित सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरमा सटर कवल तथा जग्गा भाडाबाट उठेको आम्दानी बैंक दाखिला नगरी हिनामिना गरिएको उजुरीमाथि अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा समितिका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्र बहादुर डाँगी, लेखा अधिकृत स्वर्गीय हरि बहादुर क्षत्री तथा सह–लेखापाल खड्क बहादुर रानासमेतको मिलेमतोमा आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म उठेको राजस्व रकम अनियमित रूपमा प्रयोग गरिएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार उक्त अवधिमा सटर तथा जग्गा भाडाबाट जम्मा ४ करोड १८ लाख ४ हजार ३०३ रुपैयाँ राजस्व संकलन भएको थियो। तर, त्यसमध्ये १ करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्र समितिको बैंक खातामा दाखिला गरिएको र बाँकी २ करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बैंक दाखिला नगरी हिनामिना गरिएको आरोप छ।
राजस्व हिनामिना गरेको तथ्य लुकाउन प्रतिवादीहरूले बैंक दाखिला भएको देखिने गलत आय–व्यय विवरण तयार गरी समितिको बैठकबाट अनुमोदनसमेत गराएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।
उक्त कार्य सुर्खेत उपत्यका नगर विकास समिति का पदाधिकारीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) अन्तर्गतको कसुर गरेको ठहर गर्दै विशेष अदालत मा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।



राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र