काठमाडौं । आगामी जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक चलचित्रको तीन मिनेट ६ सकेण्ड लामो प्रेमिल ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई सिनेमाले प्रस्तुत गर्ने संकेत ट्रेलरले गर्छ ।
सार्वजनिक ट्रेलरमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी‘कजिनी’ पात्रको रूपमा प्रस्तुत हुनुहुन्छ । चलचित्रको प्रेमिल ट्रेलरले दर्शकमामझ ‘काजी’लाई लिएर कौतुहल्ता सिर्जना गर्न सफल देखिन्छ । विवाहपश्चात एक जोडीको प्रेमलाई सुन्दर ढंगले देखाइएको छ । ट्रेलरमा चलचित्रको मेकिङ ग्राण्ड देखिनुका साथै त्यसमा समावेश संवादले दर्शकको ध्यान खिच्न सफल छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा, बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गर्नुभएको हो । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइन र सुजिल कर्माचार्यको पार्श्व संगीत छ ।
क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतरज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक बिपिन मल्ल रहेको चलचित्रको कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकाशराज जोशी हुनुहुन्छ । श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्नेछ । चलचित्रको यसअघि सार्वजनिक पोष्टर, प्रिभ्यू र वारि बर, पारि पीपलु बोलको गीतले दर्शक मन जितसकेका छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…