काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि बैंकले कानुनअनुसार नै कर्जा असुली प्रक्रिया अघि बढाएको स्पष्ट पारेको छ।
बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा ऋणी कम्पनी स्मार्ट टेलिकम प्रा.लि. को सम्पत्ति लिलाम बिक्री गरिएको विषय तथा टेलिकम उपकरण जडान भएका घरधनीहरूको बाँकी घरभाडा र विद्युत् महसुल भुक्तानी नभएको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
बैंकका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७, सुरक्षित कारोबार ऐन, २०६३ तथा बैंकको कर्जा असुली निर्देशिका अनुसार निक्षेपकर्ताको रकम सुरक्षित गर्न कानुनी दायित्व अन्तर्गत कर्जा असुली प्रक्रिया अघि बढाइएको हो।
विज्ञप्तिअनुसार बैंकले अनुसन्धानका लागि माग गरिएका सम्पूर्ण कागजात तथा विवरण सम्बन्धित निकायलाई समयमै उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बैंकले २०८२ असोज ३ गते स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण तथा सामग्री लिलामीको सूचना प्रकाशित गरेको जनाएको छ। सो लिलामीबाट प्राप्त कुल ४ अर्ब ६० करोड रुपैयाँमध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण कर्जा चुक्ता गर्न प्रयोग गरिएको उल्लेख गरिएको छ।
बाँकी रहेको ३८ करोड रुपैयाँ भने सम्बन्धित निकायबाट खाता रोक्का रहेकाले बैंकको एर्नेस्ट मनी अकाउन्टमा सुरक्षित राखिएको बैंकले जनाएको छ। उक्त रकम टेलिकम उपकरण जडान भएका घर–जग्गाधनीहरूको बाँकी बहाल, विद्युत् महसुललगायत भुक्तानीका लागि प्रमाणसहित अनुरोध आएपछि क्रमिक रूपमा भुक्तानी गरिने बैंकको भनाइ छ।
बैंकले जारी अनुसन्धानका कारण आफ्नो दैनिक कारोबार, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने दाबी गर्दै सम्पूर्ण सरोकारवालालाई विश्वस्त रहन आग्रह गरेको छ।


राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र