विश्वका समृद्ध राष्ट्रहरू यत्तिकै समृद्ध भएका होइनन् । ती देशहरूको समृद्धि अन्य कुराका बाबजुद कैयौं वर्षको राजनीतिक सुसंस्कृतिको परिणाम हो । राजनीतिक सुसंस्कृति भनेको सरकारका सबै कामलाई प्रतिपक्षी दलले स्वीकार गर्ने भन्ने होइन । प्रतिपक्षी दलको धर्म पनि त्यो होइन । बरू सरकारका कामको गुण दोषका आधारमा असल कामको समर्थन र खराब कामको खोट देखाउने हो । नेपालका सबैजसो राजनीतिक दलका नेता तथा कार्यकर्ताले यो कुरा राम्रैसँग बुझेका छन् र अरूलाई यसो भन्ने पनि गर्छन् तर व्यवहारमा उनीहरू जे भन्छन् त्यो गर्दैनन् बरु त्यसको उल्टो गर्छन् । विशेषगरी १९९० को राजनीतिक परिवर्तनले ल्याएको लोकतन्त्र र साठीको दशकमा आएको गणतन्त्रमा पन्पेको राजनीतिक संस्कृति अपसंस्कृतिमा बदिल्यो ।
हालैको निर्वाचनको पृष्ठभूमि र त्यसपछि बनेको सरकारका दृष्टिकोण र व्यवहार अनि प्रतिपक्षी दलका प्रतिक्रिया हेर्दा फेरि पनि राजनीतिक संस्कृतिको उल्टो घीनलाग्दो अपसंस्कृतिको पुनरावृत्ति हुनसक्ने खतरा उत्पन्न हुँदैछ । राजनीतिक खेलाडीले अपनाउनुपर्ने नियम र मूल्य–मान्यतालाई अनुसरण नगरी क्षुद्र स्वार्थका लागि खेलिने खेललाई अपसंस्कृति भन्न सकिन्छ । यो नै आजको नेपाली राजनीतिको मुख्य चिन्ताको विषय भएको छ । आदिमकालमा राजनीति औपचारिक सरकार प्रणालीमार्फत सञ्चालन हुँदैनथ्यो । जनजाति र समुदायहरूले आफैंले बनाएका नियममार्फत पारस्परिक सम्बन्ध र सामाजिक मामिलाहरू व्यवस्थापन गर्थे । रीतिरिवाज, परम्परा, मान्यता र मूल्यमान्यता सम्बन्धित समुदायलाई शासन गर्ने नियमहरू थिए ।
माथवरसिंह थापालाई राजनीतिको घिनलाग्दो लाभका लागि आफ्नै नातेदारले हत्या गरेका थिए । उनका जैविक भाइबहिनीहरूद्वारा गरिएको रणोदीप सिंहको हत्यालाई नेपाली राजनीतिमा कुप्रथाको सबैभन्दा खराब उदाहरणको रूपमा लिन सकिन्छ । सन् १९६० मा राजा महेन्द्रले लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई उल्ट्याउन गरेको जबरजस्ती चाल चालेकै थिए ।
समाजको विकास हुँदै जाँदा तिनलाई एक व्यवस्थित सरकारको आवश्यकता पर्यो जुन निर्वाचित भएर वा सर्वोच्च शासकको आदेशद्वारा निर्माण हुने गर्छ । निरंकुश शासकले आफूलाई सर्वोच्च शक्ति हत्याएर राजाको रूपमा स्वघोषणा गर्थे वा आफूले छानेको कुनै अन्य उपाधि ग्रहण गर्थे । दुनियाँले राजनीतिक र सांस्कृतिक जीवनमा धेरै उतारचढाबहरू भोगेको छ । शासकलाई सत्ताबाट हटाउन व्यक्तिगत हत्या र सामूहिक हत्याका धेरै घटनाहरू भएका छन् । अलोकतान्त्रिक अभ्यासमार्फत भएको सरकार परिवर्तन हामीले पुस्तौंदेखि देख्दै आएका छौं । अन्यत्र जस्तै नेपालको इतिहास पनि धेरै राजनीतिक अपसंस्कृतिबाट गुज्रिएको छ । भीमसेन थापा शाह राजवंशको अधीनमा पीडित भएका थिए ।
माथवरसिंह थापालाई राजनीतिको घिनलाग्दो लाभको लागि आफ्नै नातेदारले हत्या गरेका थिए । उनका जैविक भाइबहिनीहरूद्वारा गरिएको रणोदीप सिंहको हत्यालाई नेपाली राजनीतिमा कुप्रथाको सबैभन्दा खराब उदाहरणको रूपमा लिन सकिन्छ । सन् १९६० मा राजा महेन्द्रले लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई उल्ट्याउन गरेको जबरजस्ती चाल चालेकै थिए । आधुनिक राज्यमा, सरकारका तीन आवश्यक घटकहरू हुन्छन् ः व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका । यी तीन घटकबीचको सन्तुलित सम्बन्धले सरकार सफल हुन्छ । तिनीहरूबीचको नियन्त्रण र सन्तुलनको अभावले सम्पूर्ण शासन प्रणालीको असफलता निम्त्याउँछ ।
जनताको सहमति बिनाको प्रत्यक्ष शासन रक्तपातबिना नै कायम रहन्छ भने यसलाई राजनीतिक अभ्यास भन्न सकिन्छ यद्यपि त्यो निरंकुश नै किन नहोस् । अर्कोतर्फ, लोकतान्त्रिक रूपमा निर्वाचित शासक पनि कुनै बेला अत्याचारी बन्छ र जनताको गुनासोलाई ध्यान दिन असफल हुन्छ भने यसलाई राजनीतिक संस्कृति भन्न सकिँदैन । यस अर्थमा राजनीतिक संस्कृति केवल निरंकुशता वा लोकतन्त्र केमा अभ्यास गरिन्छ भन्ने कुरा होइन बरू यो सरकारको गठन वैध र न्यायोचित छ वा अमान्य र अनुचित छ भन्ने कुरा हो । जबरजस्ती सरकारलाई उल्ट्याइने राजनीतिको अभ्यासलाई कुनै पनि हिसाबले राम्रो राजनीतिक संस्कृति भन्न सकिँदैन । बरू यो विश्वका धेरै भागहरूमा अभ्यास गरिएको शासन प्रणालीको सबैभन्दा खराब रूप हो । यस परकारको राजनीतिक अपसंस्कृतिले राष्ट्र निर्माणको पथ फेरि पनि अल्मलिन सक्छ ।
नेपाली राजनीतिक पोखरीमा गत भाद्र २३ र २४ मा भएको उथलपुथलले उत्पन्न गरेका तरंगहरू धेरै टाढासम्म फैलिएका छन् । प्राकृतिक नियमानुसार पनि तिनीहरू अझै नियमित लयमा फर्किएका छैनन् । ती तरंगले भएको निर्वाचन र त्यसमार्फत बनेको सरकार स्थीर हुनसक्छ कि सक्दैन, स्वतन्त्र राष्ट्रको सर्वभौमिकता र राष्टिय अखंडÞताको रक्षा गर्नसक्छ कि सक्दैन, सारा राष्ट्रवासीलाई एक सूत्रमा बाँधेर एकताबद्ध गर्दै विकासको एजेण्डामा सरिक गराउन सक्छ कि सक्दैन भन्ने कुरामा अझै पनि सन्देह नै छ । यस अर्थमा नेपालको हालैको राजनीतिमा अहिलेसम्म पनि अन्यौल छाएको छ ।
एकथरीको विचारमा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको सरकार अधिकारसम्पन्न छ । यो सरकार शक्तिशाली र जिम्मेवार दुवै छ त्यसकारण यसले राज्य सञ्चालनमा जुनसुकै निर्णय गर्न सक्छ । उनीहरूको तर्क के पनि छ भने पहिलेका सरकारी कार्यकारीहरू पूरै भ्रष्ट थिए अहिलेका पूरै चोखा छन् । अर्काथरीको विचारमा यो सरकार बनाउने पार्टी लामो समयसम्म लोकतान्त्रिक राजनीतिक अभ्यास गरेर निर्मण भएको होइन । यो पार्टी जनताबीच लोकप्रिय भएर बहुमत ल्याएको पनि होइन बरू परम्परागत राजनीतिक शक्तिहरू निकम्मा जस्तै भएर आजित जनताले नकारात्मक भोट पाएर चुनाव जितेका मात्र हो । त्यसैले पनि यो सरकार होस पुर्याएर काम नगर्ने आलाकाँचा मान्छेहरूले बनाएको अपरिपक्व मन्त्रिपरिषद् हो ।
दुवै पक्षका तर्कहरू उही सन्दर्भमा पूरै सही वा पूरै गलत होइनन् किनकि दुई परस्परविरोधी कुरा एकैसाथ रहन हुन सक्दैनन् । त्यसैले कुन तर्क सही र कुन तर्क गलत छ भनेर कसैले पनि निश्चित रूपमा भन्न सक्दैन तर एउटा कुरा स्वतः स्पष्ट छ ः अहिले आफ्नो भनाइ स्थापित गर्न तर्क गर्ने तरिका चाहिँ सांस्कृतिक देखिँदैन । यो राजनीतिक विवाद निरंकुश वा लोकतान्त्रिक कुनै पनि व्यवस्थामा हुनसक्छ । त्यसैगरी यो विवाद संवैधानिक वा असंवैधानिक साबित हुनसक्छ तर अहिले यसको औचित्य पुष्टि गर्न राखिएका बुँदाहरू पनि सांस्कृतिक देखिँदैनन् । तिनका धेरैजसो तर्कहरू दोहोरो मापदण्डका छन् । त्यसैले तिनीहरूमा वैध, वास्तविक र सही तर्कको अभाव छ । दोहोरो मापदण्ड भनेको विवादास्पद तरिकाले वयान गर्ने र व्यवहार गर्ने अभ्यास हो । यो लोकतान्त्रिक राजनीतिक संस्कृतिमा सद्गुण नभएर दुर्गुण हो । लोकतन्त्र सरकारको खराब रूप कहिले पनि होइन बरू यसको अभ्यासमा भएको त्रुटिले यसलाई कुरूप बनाउनसक्छ ।
जसरी अर्थतन्त्र र राजनीतिको बीचमा अभिन्न सम्बन्ध हुन्छ त्यसरी नै राजनीति र संस्कृतिको बीचमा पनि अन्यायासित सम्बन्ध हुन्छ । राजनीति सिद्धान्तबिहीन बन्यो भने संस्कृति पतन हुन्छ । अर्कोतर्फ, संस्कृतिमा क्षय भयो भने राजनीति पनि बिग्रन्छ । धेरै मानिसले संस्कृतिको जग नै राजनीति हो भन्छन् तथापि संस्कृति पनि राजनीतिको आधार हुन्छ ।
राजनीतिज्ञहरूले बुझ्नुपर्ने धेरै कुरामध्ये एउटा नबुझी नहुने कुरा के हो भने मानव जीवनलाई अपरिहार्य रूपमा असर गर्ने धेरै चीजहरूमध्ये अर्थतन्त्र, राजनीति र संस्कृति हुन् । अर्थतन्त्र मानव जातिको अस्तित्वका लागि अपरिहार्य छ भने राजनीति राज्यभित्र शान्ति र व्यवस्था कायम राख्न आवश्यक छ । त्यसैगरी संस्कृति सामुदायिक जीवनको एक अभिन्न भाग हो । यी तीनै कुरा जीवनका लागि सास फेर्न जत्ति अवश्यक पर्छ त्यत्ति नै आवश्यक छन् । त्यसैले तिनीहरूबाट उम्कने कुनै उपाय छैन । हामी जहाँ–जहाँ जान्छौं आफूलाई अर्थतन्त्र, राजनीति र संस्कृतिले घेरिएको पाउँछौं । यस अर्थमा तिनीहरू जीवनमा विभिन्न हिसाबले हामीमाथि प्रभाव पार्ने शक्ति हुन् । धेरै मानिसहरू यस तथ्यबाट अनभिज्ञ छन्, त्यसैले तिनीहरूले यी शक्तिहरूलाई आफ्नो जीवनको अधिकतम लाभका लागि व्यवस्थापन गर्न सक्दैनन् ।
जसरी अर्थतन्त्र र राजनीतिको बीचमा अभिन्न सम्बन्ध हुन्छ त्यसरी नै राजनीति र संस्कृतिको बीचमा पनि अन्यायासित सम्बन्ध हुन्छ । राजनीति सिद्धान्तबिहीन बन्यो भने संस्कृति पतन हुन्छ । अर्कोतर्फ, संस्कृतिमा क्षय भयो भने राजनीति पनि बिग्रन्छ । धेरै मानिसले संस्कृतिको जग नै राजनीति हो भन्छन् तथापि संस्कृति पनि राजनीतिको आधार हुन्छ । यस अर्थमा राजनीतिलाई प्रत्यक्ष रूपमा संस्कृतिले प्रभाव पार्छ । धेरै समुदाय र राष्ट्रहरूमा संस्कृतिले नै राजनीतिको आकार दिने हुनाले राजनीतिको जग नै संस्कृति हो भन्न पनि सकिन्छ ।
यस घडीमा अपसंस्कृतिलाई हटाएर सुसंस्कृत राजनीतिको विकास गर्न दुईवटा उपाय सुझाउन सकिन्छ । पहिलो, कुनै पनि राजनीतिक बहस गर्न स्थापित मूल्यमान्यताभित्र सुरु गर्नुपर्छ । ती मान्यता र मूल्य निःसन्देह लोकतान्त्रिक हुन्छन् । त्यसैले तिनीहरूलाई बिनाशर्त पालना गर्नुपर्छ । दोस्रो, बहसमा संलग्न दुवै पक्षले निःशर्त कानुनको पालना गर्नुपर्छ । स्पष्ट रूपमा भन्नुपर्दा नवगठित सरकारका समर्थकर्हरुले सरकारलाई असल काम हो भन्ने तर्क दिँदै कानुनी प्रक्रिया मिच्न दबाब दिनु हुँदैन किनभने कानुन पनि असल कामकै लागि निर्माण भएको हुन्छ । तर, अहिले पुराना र नयाँ दुबै राजनीतिक पक्षले राजनीतिक संस्कृतिका मूल्य–मान्यताको उल्लंघन गरेर अपसंस्कृतिलाई प्रवर्द्धन गरिरहेका छन् जस्तो देखिन्छ ।
यसले गर्दा नेपाल जस्तो देशमा सुदृढ शासन प्रणाली अझ पनि खतरामुक्त भएको छैन । क्षणिक उद्देश्यका लागि कडा परिश्रम गरेर कमाएको उपलब्धिलाई दाउमा लगाउनु राजनीतिक अपसंस्कृतिको द्योतक हो । यसको परिणति राजनीतिक अस्थिरता, अल्पविकास, र सामाजिक अपसंस्कृति हुन् । राजनीतिमा रहेका यी समस्याहरूलाई बेलैमा चिनेर समाधान गर्न सकिएन भने फेरि पनि राजनीतिको अपसंस्कृतिको पुनरावृत्ति हुने खतरा उत्पन्न हुनेछ । त्यसो हुन नदिन सत्ता पक्ष र प्रतिपक्ष दुवै राजनीतिक शक्ति बेलैमा सचेत हुन अन्तन्त जरुरी छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र