भोजपुर । जनताको गुनासो सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय भोजपुर ले नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवालाको सहभागितामा नागरिक सुनुवाइ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामा ले प्रहरीप्रति जनताका गुनासा तथा सुझाव सुन्दै त्यसको कार्यान्वयन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले स्थानीय प्रशासन र प्रहरीबीच नागरिकको समन्वय आवश्यक रहेको उल्लेख गर्दै नागरिकका आवाज सुन्नु अपरिहार्य रहेको धारणा राख्नुभयो ।
राजन पौडेल को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, होटल सञ्चालक, पत्रकार, यातायात व्यवसायी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, अस्पताल सञ्चालक तथा औषधि व्यवसायीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले सवारी दुर्घटना न्यूनीकरण, लागूऔषध नियन्त्रण, विद्यालयस्तरीय सचेतना, प्रहरी निगरानी, जिल्ला प्रशासन कार्यालयबाट प्रवाह भइरहेको सेवा तथा नागरिकको शान्ति सुरक्षासम्बन्धी विषयमा गुनासा र सुझाव राखेका थिए ।
उठेका विषयमा प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकको शान्ति सुरक्षा र सेवा प्रवाहलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो । उहाँले जिल्लाका समस्या समाधानमा प्रशासन सक्रिय रहने बताउनुभयो ।
त्यसैगरी प्रहरी प्रमुख राजु लामाले नागरिक सुनुवाइबाट आएका सुझाव तथा गुनासालाई कार्यान्वयन गर्दै प्रहरी र नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउन प्रयास गरिने बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षमा प्रहरी कार्यालयबाट भएका सेवा प्रवाह, मुद्दा दर्ता तथा फर्छ्योटसम्बन्धी विवरणबारे पनि सहभागीलाई जानकारी गराउनुभएको थियो ।




राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र