काठमाडौं । सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधार, मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने उद्देश्यसहित यस्तो निर्णय गरेको हो ।
सरकारले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार मन्त्रिपरिषद् बैठकले मन्त्रालय पुनर्संरचनासम्बन्धी प्रस्ताव पारित गरेको हो ।
सरकारले मन्त्रालय संख्या घटाएर प्रशासनिक संरचनालाई चुस्त, प्रभावकारी र खर्च कटौतीमुखी बनाउने लक्ष्य लिएको जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र