काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७:२४ बजे काठमाडौँको मातातीर्थलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार उक्त भूकम्पको म्याग्निच्युड २.९ रहेको छ । सानो म्याग्निच्युड भए पनि केन्द्रविन्दु आसपासका क्षेत्रमा धक्का स्पष्ट रूपमा महसुस गरिएको थियो ।
हालसम्म भूकम्पबाट कुनै पनि क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र