काठमाडौं । नबिल बैंक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा वैशाख २५ देखि २८ गतेसम्म निःशुल्क जलन उपचार शिविर आयोजना गरिएको छ । शिविरमा २५ जनाको शल्यक्रिया गरिएको छ । त्यसमध्ये जटिल किसिमका १२ जना बिरामीलाई काठमाडौं सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको बताइएको छ ।
नबिल बैंकले काठमाडौंमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत् विभिन्न प्रदेशका दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई निःशुल्क उपचार र परामर्श दिँदै आएको छ । जलनका घटनाका पीडितलाई तत्काल विशेष हेरचाह आवश्यक पर्दछ तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरूलाई उपचार गरी उनीहरूको जीवनमा सुधार ल्याउने प्रयास स्वरूप शिविर आयोजना गरिएको बैंकको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले भन्नुभयो, ‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था छ, नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो ।
बैंकले चारवटा प्रदेशमा आयोजना गरेको जलन शिविरमार्फत् स्रोत अभावले उपचार पर्खाइमा बसेका दूरदराजका करिब पाँच सय जना बिरामीले निःशुल्क उपचार तथा परामर्श सेवा लिए ।’ बैंकले यसअघि सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशमा यसप्रकारका शिविर आयोजना गरिसकेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनसम्बन्धी विशिष्ट प्रकारको सेवा उपलब्ध हुन नसकेको अवस्थामा शिविरले जलनका बिरामीलाई धेरै राहत पुयाएको बताएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र