भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
पालिकाका सबै वडाहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएपछि औपचारिक रूपमा पालिकालाई नै उक्त घोषणा गरिएको हो ।
गाउँपालिका अध्यक्ष थामबहादुर राईले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्दै प्रतिबद्धता हस्ताक्षर गर्नुभएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख सृजना बनमाली का अनुसार जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ प्रकारका खोप पूर्ण रूपमा लगाइएको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो ।
भोजपुरका नौ स्थानीय तहहरूमध्ये यसअघि षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र भोजपुर नगरपालिका पहिले नै पूर्ण खोपयुक्त पालिका घोषणा भइसकेका छन् ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र