काठमाडौं । कृषि विकास बैंक र काठमाडौं मेडिकल कलेजबीच स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका खातावाला ग्राहक, कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, कर्मचारी, पूर्व कर्मचारी तथा उनीहरूका परिवारले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौताअनुसार अस्पतालमा उपलब्ध सेवाहरूमा पहिलो प्राथमिकताका आधारमा २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
छुट सुविधा लिन बैंकको चेकबुक, वैध डेबिट वा क्रेडिट कार्ड, मोबाइल बैंकिङ एप वा खातासम्बन्धी प्रमाण पेश गर्नुपर्नेछ । कर्मचारी तथा परिवारका सदस्यका हकमा भने फोटोसहितको परिचयपत्र, नाता खुल्ने कागजात वा जन्मदर्ता प्रमाणपत्र आवश्यक पर्नेछ । काठमाडौं मेडिकल कलेजले चिकित्सा, नर्सिङ, डेन्टललगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ-संस्थामा आबद्ध व्यक्तिहरूलाई सहुलियत प्रदान गर्दै आएको जनाएको छ ।
सहकार्यले कृषि विकास बैंकसँग आबद्ध सेवाग्राही तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच मिल्ने विश्वास गरिएको छ । यसका साथै केएमसी दुवाकोटले सर्वसाधारणका लागि २०८३ असार मसान्तसम्म सिटिस्क्यान र एमआरआईबाहेक सेवामा ५० प्रतिशत छुट दिने विशेष योजना पनि सञ्चालनमा ल्याएको जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम