काठमाडौं । सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधार, मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने उद्देश्यसहित यस्तो निर्णय गरेको हो ।
सरकारले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै मन्त्रालय पुनर्संरचना गरेको जनाएको छ ।
सरकारका अनुसार अब संघीय तहमा निम्न १८ मन्त्रालय रहनेछन्ः
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
अर्थ मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
कृषि, वन तथा पर्यावरण मन्त्रालय
गृह मन्त्रालय
परराष्ट्र मन्त्रालय
पूर्वाधार विकास मन्त्रालय
भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय
युवा, श्रम तथा रोजगार मन्त्रालय
रक्षा मन्त्रालय
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
शिक्षा तथा खेलकुद मन्त्रालय
सूचना तथा सञ्चार मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय
सरकारले मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचना चुस्त बनाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र