काठमाडौं । इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ । यो जितसँगै इन्टरले यस सिजन घरेलु कप डबलको उपलब्धि समेत हात पारेको छ । इन्टरले यसअघि नै इटालीको सिरी ए उपाधि उचालेको थियो ।
रोममा भएको फाइनलमा इन्टरले एडम मरुसिचको आत्मघाती गोलबाट सुरुवाती अग्रता पाएको थियो । त्यसपछि लउटारो मार्टिनेजले एक गोल थप्दै टोलीको जित सुनिश्चित गर्नुभएको हो। यो सिजन सबै प्रतियोगितामा मार्टिनेजले २२ औं गोल गर्नुभएको हो ।
खेलका दुवै गोल पहिलो हाफमै भएका थिए । पहिलो हाफमा जित सुनिस्चित गरेको इन्टरले सहजै उपाधि उचालेको हो । इन्टरले इटालियन कप जितेको यो दसौं पटक हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र