सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–११ कडरिया चौकस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
मंगलबार राति करिब ११ः१५ बजे गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले सडकमा हिँडिरहेका अन्दाजी ३५ देखि ४० वर्ष उमेरका एक पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट ती पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको तथा मागी खाने व्यक्तिजस्तो देखिने प्रहरीले जनाएको छ ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा १० जनाको टोली खटिएको थियो । प्रहरीले घटनास्थलको मुचुल्का लगायत कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको जनाएको छ ।
दुर्घटनामा संलग्न बस र चालक उदयपुरको त्रियुगा नगरपालिका–१० बासबारी निवासी ३५ वर्षीय कृष्णबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हाल इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र