काठमाडौँ । सार्वजनिक सम्पत्ति हिनामिना तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले दिएको आंशिक सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।
आयोगले जिल्ला हुलाक कार्यालय बारा, तत्कालीन ना.सु. पदमा कार्यरत बलीराम प्रसाद कुर्मी (बलीराम प्रसाद) सहितका प्रतिवादीहरू संलग्न रहेको हुलाक बचत बैंकको रकम हिनामिना प्रकरणमा विशेष अदालतले मिति २०८२/१०/२२ मा गरेको फैसलाप्रति चित्त नबुझाउँदै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो ।
उक्त मुद्दामा प्रतिवादीहरूले बचतकर्ताको रकम हिनामिना गरी सार्वजनिक सम्पत्ति हानि गरेको आरोप लगाइएको थियो । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर कायम गर्दै ५ करोड ३५ लाख ६४ हजार २ सय ७९ रुपैयाँ ३३ पैसा बिगो दाबी गरेको थियो ।
आयोगका अनुसार सोही ऐनअनुसार सजाय तथा बिगो असुल उपरको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको भए पनि अदालतले आंशिक सफाइ दिएको थियो । त्यस फैसलालाई चुनौती दिँदै पुनरावेदन गरिएको आयोगले जनाएको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विशेष अदालतको फैसलामा कानुनी र तथ्यगत त्रुटि रहेको दाबी गर्दै सर्वोच्च अदालतबाट अन्तिम न्यायिक निरूपणको माग गरिएको हो ।
यस मुद्दाले सार्वजनिक सम्पत्तिको संरक्षण र भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनी प्रक्रियामा पुनः ध्यानाकर्षण गराएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र