एजेन्सी । फिफाले पहिलोपटक विश्वकप फाइनलमा हाफ टाइम शो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरू शाकिरा, म्याडोना र केपप समूह बिटिएसले मुख्य प्रस्तुति दिने हुनुभएको छ । आगामी जुन १२ देखि सुरु हुने फिफा विश्वकप फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ ।
कार्यक्रमको क्युरेटर कोल्डप्लेका क्रिस मार्टिन हुनुहुनेछ भने यो शो ग्लोबल सिटिजेन नामक गैर-नाफामूलक संस्थाले उत्पादन गर्नेछ । यसको उद्देश्य ‘फिफा ग्लोबल सिटिजेन एजुकेसन फण्ड’ मार्फत् शिक्षा र फुटबल पहुँच बढाउनु रहेको बताइएको छ ।
फिफाका अनुसार यो कोषले विश्वभरका बालबालिकाका लागि शिक्षा र फुटबल पहुँच विस्तार गर्न १०० मिलियन अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ । साथै, २०२६ विश्वकपका प्रत्येक टिकटबाट एक डलर सोही कोषमा जानेछ । फिफा विश्वकप २०२६ को आधिकारिक गीत पनि शाकिराकै आवाजमा सार्वजनिक भइसकेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि