काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘मन विनाको धन-२’मा महेश त्रिपाठी अनुबन्धित हुनुभएको छ । महेशको भूमिका चलचित्रमा के हो भन्ने खुलेको छैन । तर, एउटा पारिवारिक र सामाजिक कथामा चलचित्र बनाउने तयारी टंकको छ ।
यसअघि यो चलचित्रमा नायिका पूजा शर्मा अनुबन्धित भइसक्नुभएको छ । चलचित्रमा पूजा र महेशको जोडी बाधिने हो या होइन भन्ने विषयमा निर्माणपक्षले केही खुलाएको छैन ।
चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । चलचित्रमा कथा र संगीत पनि टंककै रहनेछ । टंकले चलचित्रको सबै पात्रमा नाम चलेका र दर्शकले रुचाएका कलाकारलाई अनुबन्धित गर्ने योजना रहेको सुनाउनुभयो ।
टंक बुढाथोकी फिल्मस्को व्यानरमा यो चलचित्र निर्माण हुनलागेको हो । यो चलचित्रलाई विष्णु माया मैनालीले निर्माण गर्न लाग्नुभएको हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र