काठमाडौं । अञ्जान शाक्यको गीतको भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ । राष्ट्रिय सभा सदस्यसमेत रहनुभएकी शाक्यले लामो अन्तरालपछि पुनः गीतसंगीत क्षेत्रमा सक्रियता बढाउँदै नयाँ सिर्जना दर्शकमाझ ल्याउनुभएको हो ।
‘रोज’, ‘बहार’, ‘श्रद्धापुष्प’ र ‘अन्जानपथ’ जस्ता एकल एल्बममार्फत पहिचान बनाउनुभएकी शाक्यको यो पछिल्लो सांगीतिक प्रस्तुति हो । गीतमा राजी किपुका शब्द तथा हरि सायमीको संगीत छ । गीतलाई स्ट्रिङ रेकर्डिङ स्टुडियोले उत्पादन गरेको हो ।
करिब २३ वर्षअघि ‘शिरिष’ एल्बम सार्वजनिक गरेपछि विद्यावारिधिको तयारी र व्यावसायिक कार्यमा व्यस्त बन्नुभएकी शाक्य लामो समय गीतसंगीतबाट टाढा रहनुभएको थियो । केही महिनाअघि मात्रै उहाँको ‘मेरो गीत भित्र’ म्युजिक भिडियो सार्वजनिक भएको थियो ।
इजरायलका लागि नेपाली राजदूतको जिम्मेवारी पूरा गरी फर्किनुभएपछि शाक्यले पुनः गीतसंगीत क्षेत्रमा सक्रिय हुने योजना बनाएको बताउनुभएको छ । पछिल्लो समय उहाँले निरन्तर नयाँ सांगीतिक सामग्री सार्वजनिक गर्दै आउनुभएको छ ।
यसअघि सार्वजनिक गरिएको गीतको भिडियोमा सरोज खनाल र पूर्वमिस नेपाल उषा खड्गीको अभिनय रहेको थियो भने संगीत डा.अञ्जान शाक्य र इञ्जिनियर सञ्जय शाक्यले तयार गर्नुभएको थियो ।
नयाँ गीतको भिडियोमा पछिल्लो समय बढ्दो क्रममा रहेको एआइ प्रविधिको प्रयोगसमेत गरिएको शाक्यले जानकारी दिनुभयो । भिडियोमा बाल्यकालदेखिको निष्कलंक प्रेम समयसँगै सफलतामा परिणत भएको कथालाई गीतमार्फत प्रस्तुत गरिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र