काठमाडौं । पशुपति शर्मा र राधिका हमालको स्वर रहेको रहेको लोकदोहोरी गीत ‘जुनकिरी’ सार्वजनिक गरिएको छ । रोमान्टिक लोकदोहोरी शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत गायिका राधिका हमालकै रहेको छ ।
गीतको म्युजिक भिडियोमा कलाकार बबिनसिंह ठकुरी र सफल पुनमगरले अभिनय गर्नुभएको छ । भिडियोमा गायक पशुपति शर्मा र गायिका राधिका हमालको समेत उपस्थिति छ । थुप्रै कोरस प्रयोग गरिएको गीतको भिडियोमा कलाकारहरूले मौलिक तथा आधुनिक नेपाली पहिरन प्रयोग गरेका छन् । भिडियोमार्फत माया, प्रेम र रमाइलो ठट्टालाई प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।
भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गर्नुभएको हो । भिडियोमा राजेश घिमिरेको छायांकन र नवीन घर्तीमगरको दृश्य सम्पादन छ । गीतको भिडियो राधिका हमालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र