काठमाडौं । नेपाल चलचित्र कलाकार संघ को २१औं चुनावी साधारणसभा नजिकिँदै जाँदा कलाकार वृत्तमा चुनावी माहोल तातेको छ । यही जेठ ३ गते हुने निर्वाचनमार्फत संघले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने भएको छ । संघको अध्यक्ष पदका लागि अग्रज कलाकार उत्तम केसी र वर्तमान महासचिव सविन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै उम्मेदवार आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
उत्तम केसी नेतृत्वको प्यानलबाट उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र पूजना प्रधान, महासचिवमा सुनिल कटुवाल, सचिवमा गोपाल ढकाल, कोषाध्यक्षमा तेजकुमारी खतिवडा तथा सह–कोषाध्यक्षमा गीता नेपाल शारदा उम्मेदवार रहनुभएको छ ।
यसै प्यानलबाट सदस्य पदमा कोसिस क्षेत्री, नम्रता योगी, श्रीदेव भट्टराई, मञ्जुदेवी तुलाधर (बिजुली), प्रेम पाण्डे (पुण्यप्रसाद), दमन रूपाखेती, जीवन थापा, सामना सिटौला, लक्ष्मण चौलागाईं (खिम्ते काका), अनुमती नेपाली, दावा फिन्जो तामाङ, अशोक धिताल, हरिशचन्द्र फुयाँल, इन्द्र दोङ (खम्बे), चन्द्रकला दाहाल (मोनिका), चन्द्रकला राई (संगम) र गोकुल सुवेदी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय कलाकारहरूको समर्थन पाएकाले केसी नेतृत्वको प्यानललाई बलियो रूपमा हेरिएको छ । अध्यक्षका अर्का आकांक्षी धर्मेन्द्र आचार्यले उत्तम केसीको योजना र एजेण्डाप्रति समर्थन जनाउँदै उम्मेदवारी नदिएको जनाउनुभएको छ ।
यता सविन श्रेष्ठ नेतृत्वको प्यानलबाट उपाध्यक्षमा पनाह अधिकारी र उद्धवप्रसाद भट्टराई, महासचिवमा रामेश्वर बुर्लाकोटी, सचिवमा पल्पसा डंगोल, कोषाध्यक्षमा पवित्रा आचार्य तथा सह–कोषाध्यक्षमा पवन केसी उम्मेदवार बन्नुभएको छ । सदस्य पदमा विनोद भट्टराई, नवीन श्रेष्ठ, रश्मी भट्ट, नम्रता खरेल, सरिता राजोपाध्याय, सुलेमान शंकर (इकु), छुल्ठिम गुरुङ, सुपा खनाल र राजेश गोसाईं चुनावी मैदानमा हुनुहुन्छ ।
यसैबीच उपाध्यक्ष पदमा डिलबहादुर तामाङ र राजेन्द्र बस्नेतले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कोषाध्यक्षमा रञ्जना खड्का तथा सदस्य पदमा धनबहादुर तामाङ र सुमन सागरजंग केसी पनि प्रतिस्पर्धामा उत्रिनुभएको छ ।
अधिवक्ता कृष्ण ढुंगाना प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समितिका अनुसार नयाँ कार्यसमितिको ७ पदका लागि १५ जना तथा १० सदस्य पदका लागि १८ जनाको उम्मेदवारी परेको छ । चुनावपछि नयाँ कार्यसमितिले एक जना उपाध्यक्ष र तीनजना सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ । संघको निर्वाचनमा २२१ साधारण सदस्य र ३२५ आजीवन सदस्यले मतदान गर्न पाउनेछन् ।
अभिनेत्री उमालाई मतदान अधिकार दिन प्रशासनको आदेश
निर्वाचनको पूर्वसन्ध्यामा सदस्य विवाद सतहमा आएको छ । अभिनेत्री उमा श्रेष्ठ (उमा कार्की)ले आफ्नो मताधिकार सुनिश्चित गरिपाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिनुभएको छ । कार्कीले बिहीबार संघका सचिव रामेश्वर बुर्लाकोटीमाथि रकम लिएर पनि आफ्नो सदस्यता नवीकरण नगरेको र मतदानको अधिकारबाट वञ्चित गर्न खोजेको गम्भीर आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएको थियो ।
अभिनेत्री कार्कीका अनुसार, आगामी जेठ ३ गते हुन गइरहेको कलाकार संघको चुनावका लागि उनले सदस्यता नवीकरण गर्न खोजेकी थिइन् । सो क्रममा सचिव बुर्लाकोटीले संस्थाको खातामा नभई आफ्नो व्यक्तिगत बैंक खातामा पैसा पठाउन भनेपछि उनले मोबाइल बैंकिङमार्फत कुल पाँच हजार ४०० रुपैयाँ पठाउनुभएको थियो ।
अभिनेत्री उमाको निवेदनमाथि तत्काल सुनुवाइ गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौँले कलाकार संघलाई एक पत्र काट्दै उहाँलाई मतदान अधिकार दिलाएको छ । प्रशासकीय अधिकृत तीर्थराज कटेलद्वारा हस्ताक्षरित पत्रमा अभिनेत्री उमालाई मताधिकारबाट वञ्चित गर्नुपर्ने कुनै उपयुक्त कारण नदेखिएको स्पष्ट पारेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र