काठमाडौं । वानीरा फाउण्डेशनले काठमाडौंमा एक समारोहबीच शताब्दी पुरुष सत्यमोहन जोशी को १०७औं जयन्ती मनाएको छ । सोही अवसरमा महासमालोचक वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईं द्वारा लिखित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नामक कृतिको लोकार्पण गर्नुभयो । उक्त कृति ४२ वर्षअघि नरेन्द्रराज प्रसाईंले पूर्णप्रसाद ब्राह्मणसँग लिएको अन्तर्वार्तामा आधारित रहेको जनाइएको छ । ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नइ एकेडेमी को १९३औं कृति हो ।
वानीरा फाउण्डेशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंका अनुसार कृतिमाथि वासुदेव त्रिपाठी र केशव सुवेदीले विस्तृत समीक्षा प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथि डा.त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयमा विद्यावारिधि गर्नुभएका नुरापति पोखरेललाई सम्मान गर्नुभएको थियो ।
वानीरा फाउण्डेशन अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सम्पन्न समारोहमा कवेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाईं तथा कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको योगदान र नवप्रकाशित कृतिबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र