काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको हो ।
आज दिनभर चलेको बैठकमा सत्तापक्ष तथा विपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभएको थियो ।
छलफल समाप्त भएपछि सभामुखले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले लाई समय दिनुभएको थियो । तर विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विरोध जनाएका थिए ।
सभामुखले बोल्नका लागि नेपाली कांग्रेसकी सांसद वासना थापा, राप्रपाका सांसद ज्ञानेन्द्र शाही तथा एमालेका प्रमुख सचेतक ऐन महर लगायतलाई समय दिनुभएको थियो ।
उनीहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठक सुचारु हुन नसक्ने धारणा राखेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र