काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिटेन्स कम्पनी तथा एफ वानसफ्ट ग्रुपअन्तर्गतको सहायक कम्पनी इसेवा मनी ट्रान्सफरले सफलतापूर्वक आफ्नो सेवा सञ्चालनको ६ वर्ष पूरा गरेको छ । कम्पनीले डिजिटल प्रविधि, विश्वसनीय सेवा तथा ग्राहक केन्द्रित नवप्रवर्तनमार्फत् नेपालको रेमिटेन्स क्षेत्रमा परिवर्तनकारी भूमिका निर्वाह गर्दै आएको छ ।
स्थापनाकालदेखि नै इसेवाले विदेशमा रहेका नेपालीहरूलाई नेपालमा छिटो, सुरक्षित र सहजरूपमा रकम पठाउने सुविधा प्रदान गर्दै आएको छ । निरन्तर प्रविधिमैत्री सेवा विस्तारसँगै कम्पनीले आफूलाई नेपालको विश्वसनीय डिजिटल रेमिटेन्स प्लेटफर्मका रूपमा स्थापित गर्न सफल भएको छ । हाल कम्पनीले दुई सयभन्दा बढी देश, ६० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिटेन्स साझेदारमार्फत् सेवा प्रदान गर्दै आएको छ । सेवाग्राहीले १०.९ मिलियनभन्दा बढी इसेवा वालेट प्रयोगकर्तामाझ प्रत्यक्ष वालेट ट्रान्सफर गर्न सक्ने, बैंक खातामा सहजरूपमा रकम पठाउन सक्ने तथा देशभर रहेका ११ हजारभन्दा बढी क्यास पिकअप केन्द्रमार्फत् रकम प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको जनाएको छ ।
युरोप, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, अमेरिकालगायत विश्वका विभिन्न देशहरूमा रहेका नेपाली समुदायमाझ कम्पनीले आफ्नो सशक्त उपस्थिति कायम गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भन्नुभयो, ‘विगत छ वर्षदेखि इसेवा मनी ट्रान्सफरले विश्वभर रहेका नेपालीहरूका लागि रेमिटेन्स सेवा अझ सरल, छिटो तथा पहुँचयोग्य बनाउने उद्देश्यसाथ निरन्तर कार्य गर्दै आएको छ ।
विशेषगरी डिजिटल रेमिटेन्स प्रवर्द्धन गर्दै परम्परागत नगद-आधारित रेमिटेन्स प्रणाली डिजिटल माध्यमतर्फ रूपान्तरण गर्न कम्पनीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । हामीप्रति निरन्तर विश्वास र सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, साझेदार तथा टिम सदस्यप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…