काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवाबाट गरिने अन्तर्राष्ट्रिय बहिर्गमन कल अर्थात् इन्टरनेसनल आउट गोइङ कलको पल्स समयावधिमा परिमार्जन गरेको छ । टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अब विभिन्न ५८ देशमा कल गर्दा ६० सेकेण्डको पल्सदर कायम हुनेछ । उक्त नयाँ व्यवस्था जेठ १ गतेदेखि लागू हुने बताइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको २०८२ फागुन १ गतेको निर्णयानुसार प्राप्त स्वीकृतिबमोजिम टेलिकमले उक्त परिमार्जन गरेको हो ।
अब ग्राहकले इन्टरनेसनल एक्सेस कोडहरू ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी तोकिएका देशमा कल गर्दा प्रत्येक ६० सेकेण्डको एक पल्स गणना गरिनेछ । यसअघि फरक पल्स दर रहेकोमा अब एक मिनेटका आधारमा शुल्क लाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
नयाँ पल्स दर लागू हुने देशहरूमा भारत, चीन, साउदी अरेबिया, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाजस्ता प्रमुख गन्तव्यहरू रहेका छन् । त्यसैगरी अंगोला, अल्जेरिया, अमेरिकन समोआ, अजरबैजान, बहामास, बेननी, ब्राजिल, ब्रुनाई, कोमोरस, कुक आइल्याण्ड, डिएगो गार्सिया, इस्ट टिमोर, इथियोपिया, फिजी, फ्रेन्च पोलिनेसिया, गुआम, गिनी, गिनी-बिसाउ, हैटी, इण्डोनेसिया, आइभोरी कोस्ट, लेसोथो, लाइबेरिया, मकाउ, माल्दिभ्स, माली, मेक्सिको, माइक्रोनेसिया, मोजाम्बिक र म्यानमारमा पनि सोही दर लागू हुनेछ ।
त्यस्तै नाउरु, न्यु क्यालेडोनिया, न्युजिल्याण्ड, नाइजेरिया, निउ, पलाउ, पनामा, पपुआ न्युगिनी, समोआ, सोलोमन आइल्याण्ड, साउथ अफ्रिका, श्रीलंका, सुडान, सुरिनाम, टोगो, टोकेलाउ, टोङ्गा, टर्की, टुभालु, भानुआतु र भियतनाममा कल गर्दासमेत ६० सेकेण्डको पल्स दर लागू हुने कम्पनीकी सह–प्रवक्ता प्रक्षेत थापा क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र