सभ्यता, सीप, कला, संस्कृति, साहित्य र साधनाको उद्गम भूमि बंगाललाई तपोभूमि र जानभूमिको रूपमा इंगित गरिन्छ । पूर्वीय दर्शनको महिमा र गरिमालाई विश्व समुदायमा परिचित गराउने विवेकानन्द हुन् वा साहित्य र साधनाको अन्तरघुलन गर्ने महर्षि अरविन्द हुन् वा एसियामा सबभन्दा पहिले साहित्यमा नोबेल पुरस्कारबाट अंलकृत हुने रवीन्द्रनाथ ठाकुर किन नहुन् यी सबै महापुरुषहरू बंगालका नै सुपुत्रहरू हुन् । बंगालको भौगोलिक बनौटले गर्दासमेत बिट्रिश साम्राज्यले कलकत्तालाई भारतको राजधानीको रूपमा प्रयोग गरेका थिए । भारतीय स्वतन्त्रता संग्रामका महानायक सुभाषचन्द्र बोस पनि बंगाली भूमिबाट पल्लवित भएका थिए ।
भारतीय जनता पार्टी बंगाली समुदायलाई आफ्नो गौरवशाली इतिहासको सम्झना गराउँन विभिन्न कार्यक्रमका साथ अगाडि बढेको हो । वास्तवमा भारतीय जनता पार्टीको वैचारिक र सांगठनिक अंकुर बंगालको भूमिबाट नै उर्वरित भएको हो । हिन्दुत्वको विचारधारालाई राजनीति दिगर्दशन गर्ने विराट व्यक्तित्व डा.श्यामप्रसाद मुखर्जी बंगालका नै सपूत हुन् ।
यति हुँदाहुँदै पनि बंगाल विकास र प्रगतिको पथमा धावक हुन सकेन । एक कालखण्डमा भारतका जि.डि.पि.को १७ प्रतिशत साझेदारी गरेका बंगाल वर्तमान परिवेशमा पाँच प्रतिशतमा झरेका छन् । इतिहासको लामो कालखण्डमा बंगालमा वामपन्थी घारको बिगबिगी रहेको थियो । पुँजी पलायन, मुस्लिम तुष्टीकरण, ट्रेड युनियनको हालिमुहाली, हड्ताल, राजनीतिक कार्यकर्ताको हैकमवादको भुमरीमा फसेका बंगललाई वामपन्थ राजनीतिले निकास दिन सकेन । वामपन्थी राजनीतिबाट दमित भएका जनताले आफ्नो मुक्तिका लागि तिर्मुल कांग्रेसलाई चुने । ममता बेनर्जीको नेतृत्वमा रहेको तिर्मुल काङ्ग्रेस नारा र ध्वनिमा वामपंन्थ धारलाई टक्कर दिने सामर्थ्य राख्थ्यो । १५ वर्षे कार्यकालमा ममताको शासनले जनताको ममता प्राप्त गर्न सकेन ।
बंगलादेशबाट भएको घुषपैठको कारणले गर्दा बेरोजगारी, गरिबी, पछौटेपन र आपराधिक गतिविधिले गर्दा समाज आक्रान्त भए । दुर्गापूजाको विर्सजन कार्यकाललाई विराम गराउँदै मुस्लिम धर्मालम्बीको मोहरमलाई सञ्चान गरेर ममता बेनर्जीले अल्पसंख्याक तुष्टीकरणको प्रयोग गरेकी थिइन् । यी सबै कारक तत्वहरूले गर्दा हिन्दुत्वको नारा बंगालमा बलियो हुँदै गइरहेको थियो । भारतीय जनता पार्टी बंगाली समुदायलाई आफ्नो गौरवशाली इतिहासको सम्झना गराउन विभिन्न कार्यक्रमका साथ अगाडि बढेको हो । वास्तवमा भारतीय जनता पार्टीको वैचारिक र सांगठनिक अंकुर बंगालको भूमिबाट नै उर्वरित भएको हो । हिन्दुत्वको विचारधारालाई राजनीति दिगर्दशन गर्ने विराट व्यक्तित्व डा.श्यामप्रसाद मुखर्जी बंगालका नै सपूत हुन् ।
डा.श्यामप्रसाद मुखर्जीको व्यक्तित्व र कृतृत्व नबुझीकन बि.जे.पी.को दार्शनिक र राजनीतिक पृष्टभूमि बुझ्न कठिन हुनेछ । सन् १९३४ मा विख्यात कलकता विश्वविद्यालयको उपकुलपति बन्ने कर्ममा डा.मुखर्जी ३३ वर्षका थिए । सारा संसार उनलाई ‘वोरदी सन आफ वोरदी फादर (योग्य पिताका योग्य पुत्र)का रूपमा प्रशंसा गर्थे । गान्धीजीका विषेश आग्रहमा उनी नेहरूको मन्त्रिमण्डलमा उद्योगमन्त्रीसमेत रहेका थिए तर नेहरूको नीतिप्रति उनको गम्भीर आपत्ति रहेको थियो । नेहरू र पाकिस्तानमा तत्कालीन मुखिया लियाकत अलीबीच अल्पसंख्यकको मुद्दाप्रति डा.मुखर्जीको घोर आपत्ति रहेकाले गर्दा उनले नेहरूको मन्त्रिमण्डलबाट राजीनामासमेत दिएका थिए ।
नेहरूको काश्मिर नीतिमा समेत डा.मुखर्जी आलोचक रहेका थिए । एक देशमा एक विधान, एक प्रधान र एक निशानमात्र हुनुपर्दछ भन्ने डा.मुखर्जीको राजनीतिक प्रस्तावना रहेको थियो । यी राजनीतिक प्रस्तावनालाई प्रत्यारोपण गर्न उनले काश्मिरमा नै गएर आन्दोलन चलाउँदै हिन्दुत्वको मुद्दामा सहादत दिएका थिए । हिन्दुत्व विचारधारालाई राजनीतिक प्रारूप दिन उनले २१ अक्टुवर १९५१ मा जनसंघ स्थापना गरेका थिए । ८० को दशकमा जनसंघ भारतीय जनता पार्टीमा रूपान्तरित हुन गयो । अर्को शब्दमा भन्ने हो भने बि.जे.पी.को उद्गमस्थल नै बंगाल रहेको छ । ३ सदस्यबाट ७७ हुँदै आज पूर्णबहुमत प्राप्त गरेर आफ्नो जन्मभूमिमा बि.जे.पी.ले आफ्नो कार्यक्रमका साथ अगाडि बढ्ने उद्घोष गरेको छ ।
बंगालमा बि.जे.पी.को जनादेशका भूराजनीतिक कारणसमेत रहेका छन् । डा.युनुशको कार्यकालमा बंगलादेशमा हिन्दुहरूमाथि भएको बर्बरताको पराकम्पन्न पनि बंगालको चुनावमा देखिएको थियो । बंगलादेशको घुषपैठ भएकाले गर्दा बंगालमा जनसंख्यिक सन्तुलन र समीकरणसमेत परिर्वतित भइरहेको थियो । वर्तमान परिवेशमा बंगालमा मुस्लिमको जनसंख्या १७ करोड रहेको छ । रैथाने मुस्लिममा राष्ट्रियता ओतप्रोत रहेको छ भने घुषपैठीमा अतिवादी सोचका साथै आपराधिक गतिविधिमा लिप्त हुने गरेको छ । यस अर्थमा नवनिर्वाचित मुख्यमन्त्री संभेदु अधिकारीले घुषपैठीलाई बंगालको भूमिबाट निकाल्ने घोषणा गरेका छन् । भूराजनीतिक हिसाबले यसबाट नेपाललाई समेत लाभ हुनेछ ।
अर्को संकल्पको रूपमा आयुष्मान भारत कार्यक्रमलाई तुरुन्त लागू गर्ने सरकारको कार्यक्रम रहेको छ । बंगालमा उद्योग पलायन भइसकेको छ । बंगाली पुँजीपतिहरूको लगानी गर्ने ठाउँ गुजरात र उडिसा भएको छ । अधिकारी सरकारले बंगालमा पुँजी निवेष गर्न ठोस राजनीतिक कार्यक्रमहरू अगाडि बढाउन जमर्को गरेका छन् । विगतका दिनमा मुस्लिम तुष्टीकरणको नाममा मदर्शा निर्माणका लागि ५७१४ करोड बजेट ममतको सरकारले प्रबन्ध गरेको थियो । भारतका अब्बल राज्यका रूपमा रहेको बंगालको मौलिक प्रश्न आर्थिक रूपान्तरणको रहेको छ ।
लगानीमैत्री वातावरण निर्माण गर्न अधिकारीको सरकारले भगीरथ परिश्रम गर्ने जानकारहरूको बुझाइ रहेको छ । महिला हिंसा बंगालको जीवनशैली रहेको थियो भने गुण्डाराजको दम्भले समाज आक्रान्त रहेको थियो । यस अर्थमा अधिकारी सरकारको मुख्य दायित्व कानुन र व्यवस्थालाई लिकमा ल्याउनु हो । नेपालको सीमावर्ती राज्य भएको कारणले गर्दा बंगालको आर्थिक कार्यक्रमको सकारात्मक प्रभाव नेपालमा समेत देखिन सक्दछ ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र