काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८३र८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
वैशाख २८ गतेको संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो ।
उक्त नीति तथा कार्यक्रमको छलफल सुरु भएपछि विपक्षी दलले प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै आएका थिए । तर बालेन सहभागी नभई अर्थमन्त्रीले नै उठेका प्रश्नहरूको जवाफ दिन थालेपछि कांग्रेसबाहेकका विपक्षी दलले बहिष्कार गरेका थिए । विपक्षी दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक हल छोडेर हिँडेका थिए ।
यद्यपि सभामुखले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्दा हुन्न भन्ने आवाज नसुनिएको भन्दै सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र