भोजपुर । भोजपुर नगरपालिका वडा न. १२ टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयमा सञ्चालित बौद्धिक अपांगता श्रोत कक्षाका विद्यार्थीहरुलाई खाद्यन्न र शैक्षिक समाग्री हस्तान्तरण गरिएको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भोजपुरले विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको संस्थाका प्रमुख भोजराज खनालले जानकारी दिनुभयो । उहाँले संस्थाको कार्य क्षेत्र भित्र रहेको विद्यालयहरुलाई विगत देखि नै सहयोग गर्दे आई रहेको बताउनुभयो ।
अध्ययरत विद्यार्थीहरुलाई बिभिन्न संस्थाहरुबाट प्रदान गरिने सहयोगले राहत मिलेको विद्यालयका शिक्षक दिपेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । संस्थाले यस अघि रामप्रसाद राई गाउँपालिकामा पर्ने केन्द्र नम्वर ३७ मा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र