काठमाडौं । देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग लाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइएको छ ।
बुधबार कार्य विभाजन नियमावली संशोधन गर्दै सरकारले उक्त निर्णय गरेको हो । यससँगै यसअघि गृह मन्त्रालय मातहत रहेको अनुसन्धान विभाग अब प्रधानमन्त्री कार्यालयअन्तर्गत सञ्चालन हुने भएको छ ।
यसअघि केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पनि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो । पछि जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले विभागलाई पुनः गृह मन्त्रालय मातहत फर्काएको थियो ।
गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमतसहित सरकार गठन गरेका बालेन शाह नेतृत्वको सरकारले गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउने निर्णय गरेको हो ।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…