काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्की को शब्द रचनामा तयार गरिएको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक गरिएको छ ।
गीतमा सामाजिक रूपान्तरण, अन्याय–अत्याचारको अन्त्य, न्यायप्रतिको आशा तथा भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत समृद्धि हासिल गर्ने सन्देश प्रस्तुत गरिएको छ ।
गीतमा संगीतकार दीपक शर्मा को संगीत तथा उदय राज पौडेल को एरेन्ज रहेको छ । गायनमा समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुबेदी र बेनीसा पौडेल को स्वर रहेको छ ।
गीतको भिडियोमा कलाकार आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापा ले अभिनय गरेका छन् ।
भिडियोको कोरियोग्राफी तथा निर्देशन किरण थापाले गरेका हुन् भने छायांकन पवन सोस्लिङ र भिडियो परिकल्पना सरोज ओली ले गरेका छन् ।
प्रहरी महानिरीक्षक कार्कीका यसअघि सार्वजनिक भएका ‘आमा म त खरानीबाट उठेर आए’, ‘फूलको बास्ना सरी’ लगायतका गीतहरू पनि श्रोतामाझ लोकप्रिय रहेका छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र