काठमाडौं । लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायमा पठाएपछि तथा विगतका बेरुजु सम्परीक्षण गर्दा कुल १४ अर्ब ६३ करोड २६ लाख ९९ हजार रुपैयाँ असुल भएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालय ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको ६३औँ वार्षिक प्रतिवेदनमा सो तथ्य उल्लेख गरिएको हो ।
प्रतिवेदनअनुसार उक्त असुलीमध्ये लेखापरीक्षणका क्रममा ५७ करोड ६९ लाख, प्रारम्भिक प्रतिवेदनपछि ९० करोड ४८ लाख तथा सम्परीक्षणका क्रममा १३ अर्ब १५ करोड १० लाख रुपैयाँ असुल गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा ७२१ स्थानीय तहको ११ खर्ब ९ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा १९ अर्ब ४ करोड ७४ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
प्रतिवेदनअनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै बेरुजु मधेस प्रदेश मा देखिएको छ, जसको बेरुजु दर ३.७७ प्रतिशत रहेको छ ।
त्यस्तै, १५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँको लेखापरीक्षण गर्दा १ अर्ब ८७ करोड रुपैयाँ बेरुजु देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
सबैभन्दा कम बेरुजु बागमती प्रदेश मा देखिएको छ, जहाँ बेरुजु दर ०.८३ प्रतिशत मात्र रहेको छ । २०९ कार्यालयको ८३ अर्ब १५ करोड रुपैयाँको लेखापरीक्षणमा ६९ करोड ३७ लाख रुपैयाँ बेरुजु फेला परेको जनाइएको छ ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र