काठमाडौं ।। बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष छुट अफर सार्वजनिक गरेको छ।
नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले एसईई दिएका विद्यार्थीहरूसहित सम्पूर्ण ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको जनाएको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले बेनेलीका स्कुटर तथा मोटरसाइकल खरिदमा विशेष छुट प्राप्त गर्नेछन्। कम्पनीका अनुसार पानारिया १२५ स्कुटर अब २ लाख ५९ हजार ९०० रुपैयाँ तथा बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा उपलब्ध हुनेछ।
त्यसैगरी, ग्राहकहरूले २ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि पाउनेछन्। उक्त सुविधाअन्तर्गत कम्पनीले लेबर चार्ज, ल्युब, इन्जिन आयल, आयल फिल्टर तथा फ्युल फिल्टर निःशुल्क उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार ग्राहकहरूले ५ वर्षसम्म स्पेयर पार्ट्समा २५ प्रतिशतसम्म छुट समेत प्राप्त गर्न सक्नेछन्। यो अफर सीमित अवधिसम्म देशभर रहेका बेनेली शोरुमहरूमा लागू हुने बताइएको छ।
कम्पनीले यो योजना नेपालमा बेनेलीले ल्याएको सबैभन्दा आकर्षक तथा ग्राहकमैत्री अफरमध्ये एक भएको दाबी गरेको छ। युवा पुस्ता तथा दैनिक प्रयोगकर्तालाई गुणस्तरीय इटालियन ब्रान्ड सहज मूल्यमा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको कम्पनीको भनाइ छ।
बेनेली नेपालका ब्रान्ड स्ट्राटेजिस्टप्रशान्त खत्रीले विशेषगरी एसईई दिएका विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गर्दै योजना ल्याइएको बताउनुभयो।
“हामीले विशेषगरी एसईई दिएका विद्यार्थीहरू तथा युवा पुस्तालाई लक्षित गर्दै यो योजना ल्याएका हौँ। उत्कृष्ट डिजाइन, आधुनिक प्रविधि र आकर्षक मूल्यसहित अब बेनेली अझ धेरै नेपाली ग्राहकसम्म पुग्ने विश्वास लिएका छौँ। ग्राहकलाई बिक्रीपछि पनि उत्कृष्ट सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र