काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घमाथि लगाएको निलम्बन बिनाशर्त फुकुवा गरेको छ ।
एन्फाका प्रवक्ता सुरेश साहले राखेपले निलम्बन फुकुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका प्रमुख खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार तथा एन्फाका महासचिव किरण राई लगायतबीच भएको छलफलपछि यस्तो निर्णय गरिएको हो ।
यसअघि पङ्कजविक्रम नेम्वाङ नेतृत्वको एन्फालाई राखेपले तीन महिनाका लागि निलम्बन गरेको थियो ।
तहगत निर्वाचन तथा विधान संशोधनसम्बन्धी निर्देशन अवज्ञा गरेको भन्दै राखेपले गत चैत ११ गते एन्फामाथि निलम्बनको निर्णय गरेको थियो । राखेपले पटकपटक निर्देशन दिए पनि एन्फाले चैत १३ गते निर्वाचन गर्ने अडान लिएपछि विवाद बढेको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र