काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डुमा दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
बैठकमा गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने बताइएको छ । गत निर्वाचनमा पार्टीले नराम्रो नराम्रो पराजय भोगेसँगै अध्यक्ष ओलीलाई नेतृत्व छाड्न दबाब बढिरहेका बेला बस्न लागेको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।
पार्टीका औपचारिक कार्यक्रममा सहभागी नहुने र बैठकसमेत नराखेपछि गत वैशाखा २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले गुण्डुस्थित निवासमै पुगेर ओलीसँग भेटवार्ता गरेका थिए ।
बैठक नबस्दा एमालेले चुनावमा भएको पराजयको औपचारिक रुपमा समीक्षा समेत गर्न सकेको छ ।








राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र