काठमाडाैं । गुलाफजल छालाको हेरचाहका लागि प्रयोग हुने सबैभन्दा लोकप्रिय प्राकृतिक सामग्रीमध्ये एक हो। यसले अनुहारलाई ताजगी दिनुका साथै छालामा नमी कायम राख्न, पीएच सन्तुलन मिलाउन, जलन कम गर्न तथा आँखामुनिको कालो घेरा घटाउन पनि मद्दत गर्छ। धेरैले बजारमा पाइने गुलाबजल प्रयोग गर्ने गरे पनि यसलाई घरमै सजिलै र सुरक्षित तरिकाले बनाउन सकिन्छ।
घरमै गुलाफजल बनाउन तपाईंलाई यी सामग्री चाहिन्छः
- २ देखि ३ कप ताजा गुलाबका फूल
- सफा पानी
- आइस क्युब
- गहिरो भाँडो वा प्यान
- एउटा सानो कचौरा
- राम्रोसँग बन्द हुने ढक्कन
- पीठो (ढक्कन सिल गर्न)
बनाउने तरिका
सबैभन्दा पहिले गुलाबका फूलबाट पातहरू छुट्याउनुहोस्। पातहरूमा धुलो वा कीटनाशक हुन सक्ने भएकाले सफा पानीले राम्ररी धोउनु आवश्यक हुन्छ।
अब गहिरो प्यानमा गुलाबका पातहरू राखेर त्यसमाथि पातहरू डुब्ने गरी पानी हाल्नुहोस्। त्यसपछि प्यानको बीच भागमा एउटा सानो कचौरा राख्नुहोस्। यही कचौरामा बाफबाट बनेको शुद्ध गुलाबजल जम्मा हुनेछ।
अब प्यानको ढक्कनलाई उल्टो पारेर बन्द गर्नुहोस् र बाफ बाहिर ननिस्कियोस् भनेर किनारामा पीठो टाँसेर सिल गर्नुहोस्। त्यसपछि ढक्कनमाथि आइस क्युब राख्नुहोस्। यसले भित्र बनेको बाफलाई चिस्याएर पानीमा परिणत गर्न मद्दत गर्छ।
मध्यम आँचमा करिब २० देखि २५ मिनेटसम्म पकाउनुहोस्। केही समयपछि गुलाबका पातहरू फिक्का वा सेतो देखिन थाल्छन् र भाँडाबाट मिठो सुगन्ध आउन थाल्छ। यसबीचमा कचौरामा शुद्ध गुलाबजल जम्मा भइसकेको हुन्छ।
जब कचौरा पर्याप्त भरिन्छ, आगो बन्द गरेर गुलाबजललाई चिसिन दिनुहोस्। त्यसपछि सफा बोतलमा राखेर फ्रिजमा भण्डारण गर्न सकिन्छ।
कसरी प्रयोग गर्ने ?
यो घरेलु गुलाबजल फ्रिजमा राख्दा ८ देखि १० दिनसम्म सुरक्षित रहन्छ। अनुहार सफा गरेपछि कटन वा स्प्रे बोतलमार्फत प्रयोग गर्न सकिन्छ। साथै फेस मास्क बनाउन पनि यसको प्रयोग गर्न सकिन्छ।
प्यानमा बाँकी रहने गुलाबी पानी पनि उपयोगी हुन्छ। यसलाई फेसप्याक वा शरीरमा लगाउने मास्क बनाउन प्रयोग गर्न सकिन्छ, तर २४ घण्टाभित्र प्रयोग गरिसक्नु राम्रो मानिन्छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र