काठमाडौं । नेपाली महिला भलिबल टोलीको कप्तानमा ओपन स्पाइकर निरुता ठगुन्ना बन्नुभएको छ । उहाँ नेपाल एपिएफ क्लबको पनि कप्तान हुनुहुन्छ । नेपाल भलिबल संघको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले निरुतालाई कप्तानमा चयन गरेको हो । पूर्वकप्तान अरुणा शाही अस्ट्रेलिया गएकाले संघले नयाँ कप्तान छानेको हो ।
निरुताको कप्तानीमा अब नेपालले अर्को साताबाट काठमाडौंमा सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिप खेल्नेछ । काभा च्याम्पियनसिप जेठ ८ बाट सुरु हुँदैछ । समूहमा नेपालले भारतसँगै किर्गिस्तान र माल्दिभ्ससँग खेल्नेछ । सन् २०१९ र सन् २०२२ को च्याम्पियन नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने चुनौती छ । निरुताले नेपाल पुलिस र त्रिभुवन आर्मीबाट पनि खेलिसक्नुभएको छ । यसैगरी उहाँ फ्रेन्चाइज टोली मधेस युनाइटेडको कप्तानसमेत हुनुहुन्छ ।
दार्चुला नौगाडकी निरुताको भलिबल यात्रा राष्ट्रपति रनिङ शिल्डबाट सुरु भएको हो । ०७३ सालबाट उहाँले भलिबल खेल्न थाल्नुभएको हो । पहिला उहाँ एथलेटिक्सकी खेलाडी हुनुहुन्थ्यो ।
सन् २०२३ मा १९औँ एसियाली खेलकुद खेल्नुभएकी निरुतासँग २०२४ मा काभा वुमेन्स भलिबल लिगमा उपविजेता र २०२३ मा काभा वुमेन्स च्यालेन्जमा तेस्रो भएको अनुभव छ । उहाँको टोली गत वर्ष माल्दिभ्समा काभा वुमेन्स क्लब च्याम्पियनसिपमा विजेता बनेको थियो । धेरै पटक उत्कृष्ट खेलाडीबाट पुरस्कृत हुनुभएकी निरुता एभरेस्ट महिला फ्रेन्चाइज लिगमा मधेस युनाइटेडकी मार्की खेलाडी हुनुहुन्छ ।
काभामा नेपालले ठूलो चुनौती नै सामना गर्नुपर्नेछ । दुईपटकको च्याम्पियन नेपाललाई घरेलु भूमिमा उपाधि जित्ने अवसर छ । तर, नेपाल रहेको ‘ए’ समूहमा निकट प्रतिद्वन्द्वी भारत, किर्गिस्तान र माल्दिभ्स स्ता टिम छन् । अर्को ‘बी’ समूहमा इरान, श्रीलंका, बंगलादेश र काजकिस्तान रहेका छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि