एजेन्सी । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । यो रकेट उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १२ः३३ बजे प्रक्षेपण गरिएका हुन् ।
रकेटले सबै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षामा पुर्याएको जनाइएको छ । यो मिसन लिजियान रकेटको १३औं उडान तथा लिजियान शृंखलाको १४औं प्रक्षेपण हो ।
हालसम्म लिजियान शृंखलाले कुल १०० वटा उपग्रह अन्तरिक्षमा पठाइसकेको छ भने कक्षामा स्थापित सामग्रीको कुल तौल १८ टनभन्दा बढी पुगेको छ । चीनले विकास गरेको लिजियान ठोस इन्धन प्रयोग गर्ने वाहक रकेट हो, जसमा तीव्र प्रतिक्रिया क्षमता छ । कम्पनीका अनुसार यसले सार्वभौमिक प्लाटफर्ममा आधारित डिजाइन अपनाएको छ, जसले विभिन्न प्रकारका उपग्रह मिसनहरूसँग सजिलै अनुकूलन हुनसक्ने सुविधा प्रदान गर्छ ।
यस प्रक्षेपणमा पठाइएको ‘तियानयान-२७’ नामक उपग्रहमा अन्तरिक्ष प्रदर्शन स्क्रिन, अन्तरिक्ष निगरानी क्यामेरा, इन्फ्रारेड क्यामेरा तथा स्मार्ट डाटा प्रशोधन प्रणाली जडान गरिएको छ । यस उपग्रहले नयाँ इन्फ्रारेड दूरसंवेदी प्रविधिको कक्षीय परीक्षण गर्नुका साथै अन्तरिक्षमा प्रदर्शन, सेल्फी खिच्ने तथा बुद्धिमत्तापूर्ण डाटा प्रशोधनसम्बन्धी कार्यहरू गर्नेछ ।
कम्पनीले आगामी दिनमा मोड्युलर समग्र डिजाइन, रकेट पुनःप्रयोग तथा सम्पूर्ण रकेटको स्वास्थ्य निगरानी र मर्मतजस्ता क्षेत्रमा थप अनुसन्धान र विकासलाई निरन्तरता दिने जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र