काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा ‘ग्लोबल स्टार अवार्ड–२०२६’को दोस्रो संस्करण राजधानीमा सम्पन्न भएको छ । काठमाडौंमा आयोजित समारोहमा कला, संगीत, पत्रकारिता, समाजसेवा, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको हो ।
समारोहमा वरिष्ठ अभिनेता नीर शाह प्रमुख अतिथि तथा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । समारोहमा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई ‘दिग्गज अभिनेत्री सम्मान’ तथा वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई ‘अति विशिष्ट सम्मान’ अर्पण गरिएको थियो ।
यस्तै अभिनेता तथा मोडल पल शाहलाई ‘ग्लोबल स्टार अफ द डिकेड’ तथा वरिष्ठ गायिका सुनिता लुइँटेललाई ‘जीवित धरोहर सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ ।
पत्रकारिता क्षेत्रबाट अखण्ड भण्डारी, कल्पना शर्मा र वीरेन्द्र जैरुलगायतले ‘पत्रकारिता विशेष सम्मान’ प्राप्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले स्रष्टा र व्यक्तित्वहरूको योगदानलाई उजागर गर्नु अवार्डको मुख्य उद्देश्य रहेको बताउनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र