‘ग्रहणदान’ देव भट्टराईको कविता कृति हो । कृति पैरवी बुक हाउस प्रा.लि. न्यूप्लाजा पुतलीसडकबाट प्रकाशित पुस्तकको सर्वाधिकार कविमै छ भने प्रथम संस्करण २०८२ साल असोजमा पुस्तक छापिएको छ । एस.के.डी ग्राफिक्स एण्ड प्रिन्टिङ सोलुसन काठमाडौंको ले-आउट डिजाइन रहेको पुस्तकको आवरण राजेन्द्र तारकिणीले तयार पार्नुभएको छ ।
आवरणमा अमूर्त खालको कला छ । माथि पुस्तकको नाम ‘ग्रहणदान’र तल कवि देव भट्टराईको नाम उल्लेख छ भने बीचमा चन्द्रमा अथवा सूर्यमा ग्रहण लागेको र तल पृथ्वीबाट मानिसहरूले हेरिरहेको चित्र अङ्कित छ । डिएमआई साइजमा प्रकाशित पुस्तकको छपाइ स्तरीय छ । अशुद्धिहरू कमै भेटिन्छन् ।
यस सङ्ग्रहका कवितामध्ये विभिन्न विषयलाई आधार बनाएर कविता रचेका भएका छन् । जीवनजगत, नारी समस्या, कानुन अथवा न्याय, जीवनको रिक्तता, शून्यता, आग्रह, अनुग्रह, शहीदहरूको संस्मरण, मान्छेका बाध्यता, विवशता, वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था, बाध्यता, पर्व, रीतिसंस्कृतिको गुणगान, सामाजिक पक्षको उजागर र अग्रजहरूप्रतिको सम्मान तथा आदर उहाँका कविताहरूले प्रकट गरेका छन् ।
भूमिकाखण्डसमेत १२० पृष्ठमा छन् भने मूल्य २७५ रुपैयाँ छ । यसको मुद्राण नेपालमा भएको भनिएको छ । पृष्ठावरणमा कविको फोटो र विचार उद्धृत गरिएको छ । तल प्रकाशक संस्था पैरवी बुक हाउसको नाम र लोगो उल्लेख छ । भूमिकाखण्डमा सुरुमा कवि भट्टराईको ‘भूमिका’ छ । त्यसपछि अनुपराज शर्माको ‘दुई शब्द ग्रहणदान बारे’ छ । शर्माको विचारपछि प्रकाशकका तर्फबाट पैरवी बुक हाउसका अध्यक्ष चन्द्रप्रसाद शिवाकोटीको ‘प्रकाशकीय’ छ । यस सङ्ग्रमा ५३ वटा कविता समावेश छन् । भट्टराईका कविताहरूका शीर्षक हेर्दा प्रायः छोटा शीर्षकले स्थान पाएका छन् ।
एक तथा दुई शब्दका शीर्षकको बाहुल्य छ भने लामा शीर्षक कम छन् । ४९औं स्थानमा रहेको ‘ग्रहणदान’ यस सङ्ग्रहको शीर्षकविता हो । पुस्तकमा कवितामात्र छैनन् केही मुक्तक समावेश भएका छन् । यस सङ्ग्रहका कविता गद्य कविता हुन् । यी कवितामध्ये विभिन्न विषयलाई आधार बनाएर कविता रचेका भएका छन् ।
जीवनजगत, नारी समस्या, कानुन अथवा न्याय, जीवनको रिक्तता, शून्यता, आग्रह, अनुग्रह, शहीदहरूको संस्मरण, मान्छेका बाध्यता र विवशता, वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था, बाध्यता, पर्व, रीतिसंस्कृतिको गुणगान, सामाजिक पक्षको उजागर र अग्रजहरूप्रतिको सम्मान तथा आदर उहाँका कविताहरूले प्रकट गरेका छन् । यस कवितासङ्ग्रहका लागि कविलाई बधाई, यस्ता कृतिहरू अरू पनि सिर्जना भइरहून् शुभकामना ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र