कथा साहित्यिक विधामध्येको जीवनसँग अत्यन्त निकट् रहने, रहनै पर्ने विधा हो । अलिकति साहित्यिक चासो र शैलीगत साधना भएमा कथा लेखन असहज पनि छैन । नभएमा यो सहज पनि होइन । कथामा कम पात्र प्रयोगले विराट् विश्व जनजीवनलाई अन्तरभूत गर्न सकिन्छ सर्लक्क । आख्यान होस् वा गैरआख्यान जन्मजात आउने अंश सिर्जनाको अनिवार्य सर्त हो । साधना यसको परिमार्जनगत कसीमा पर्दछ । साहित्यमा नै जीवन संलग्न राख्ने अन्तर इच्छा सच्चा साहित्यकारको लक्ष्य हो भने नथाकी दिल, दिमाख र हातले समेत काम गरुन्जेल जसले आफूलाई यसमा नै समर्पित गर्दछ त्यो हो सच्चा कलम पूजारी । अध्ययन र लेखन बराबरी उत्तिकै उस्तै अवस्थामा अनवरत अघि बढिरहनु साहित्यिक समाधिको सम्भावित उदाहरण हुनसक्छ । नमुनालायक नमुना पनि ।
विषयगत हिसाबले हेर्ने हो भने तिनै पुराना प्रणय विछोड्का कुराहरू, तिनै अध्ययनका अबल र दुर्बलताका कुराहरू यस सङ्ग्रहका हरेक कथामा हामी पाउँन सक्छौँ । तिनै अन्याय अत्याचारका विस्तरित प्रसङ्गहरू, तिनै उपदेश र सन्देशका सन्दर्भहरू, वसन्तका टुसा उम्रेझैँ उम्रन खोजेका र बोक्रा उक्किएझैँ उक्किन खोजेका परम्परागत अन्ध सन्देशका लिकबाट कथाहरू अगाडि बढेका छन् ।
यिनै सन्दर्भका सेराफेरामा म कथाकार हेमन्त निरौलाको कथाकारिता अर्थात साहित्यिक लेखनका आँतमा सुइरा रोप्दै छु । लगभग पचासको वयसाँधमा मोटाएर देखिएका हेमन्त निरौलाको भर्खर बजारमा एउटा कृति- ‘बुढेसकालको मधुमास’ देखापरेको छ । यसमा पनि मात्र नौवटा लामा कथाहरू देख्न, पाउन सकिन्छ । यतिका समय उनी कुन भौतिक भूखण्डको सिरक ओढेर वैभवको ओछ्यानमा लडबुडी गरे ? अरूसँग यसको उत्तर हुन असम्भव हुन्छ उनीसँगबाहेक । प्रश्न त यहाँ पनि उठ्नसक्छ-गुरुप्रसाद मैनालीले एउटै कथा सङ्ग्रह प्रकाशित गरेका हुन् त्यसमा पनि जम्मा एघारवटा कथामात्र लामा आकारमा रहेका छन् ।
नलेख्नेले, कलम चलाउन अल्छी गर्नेले, तैपनि साहित्यमा आएर चर्चामा निस्कौँ न, अलिकति भए पनि नामको भोक मेटौँ न भन्नेहरूका हुट्हुटीकै जमातमा राख्छु म हेमन्त निरौला कथाकारलाई । हामीले यसरी उदाहरण लिन खोज्दा समय पनि महŒवपूर्ण हुन्छ । कार्यगत नयाँपन पनि । त्यस अन्धकार जमानामा, माध्यमिक कालीन अस्पष्टताका भुमरीमा नेपाली साहित्य रुमल्लिरहेका बेला खरो रूपले आधुनिक कथालेखनको कोसेढुङ्गो निर्माण गर्ने गुरुप्रसाद मैनालीलाई सर्वसुविधा सम्पन्न अहिलेको भेडाभिडमा नामोच्चारणमात्र पनि अस्वाभाविक हुन्छ । उनले अगाडिका कथालेखनका अनुपातमा ल्याएका नवीनताका तीक्ष्ण सङ्केतहरू हेमन्तका कथा सङ्ग्रहमा कतै भेट्न सकिन्छ र ?
विषयगत हिसाबले हेर्ने हो भने तिनै पुराना प्रणय विछोड्का कुराहरू, तिनै अध्ययनका अबल र दुर्बलताका कुराहरू यस सङ्ग्रहका हरेक कथामा हामी पाउँन सक्छौँ । तिनै अन्याय अत्याचारका विस्तरित प्रसङ्गहरू, तिनै उपदेश र सन्देशका सन्दर्भहरू, वसन्तका टुसा उम्रेझैँ उम्रन खोजेका र बोक्रा उक्किएझैँ उक्किन खोजेका परम्परागत अन्ध सन्देशका लिकबाट कथाहरू अगाडि बढेका छन् । कुनै कुनै कथाहरू त निकै अब्बल दर्जामा उठ्न खोजेका पनि छन् र आकर्षक मात्राका पनि हामी यदाकदा देख्न सक्छौँ । कुनै कुनै कथाका प्रसङ्गहरू निकै आकर्षक पनि छन् । पढौँ पढौँ लाग्ने । अब के होला ? का कौतुक पक्ष समायोजन भएको देख्दा कथाकारमा क्षमता नभएको चाहिँ भन्न सकिन्न ।
आफ्नो जन्मजात पहिलो प्रतिभाको रक्षा गर्न नसकेर छरपष्ट हुँदै भौतिक उचाइका सिँढीतिर लागेर सिर्जना समाप्त गर्ने एक नैतिक अपराधीको सज्ञा दिन्छु म हेमन्त निरौलालाई । दृश्यजगत्कै हिसाबले हेर्दा यो उमेरसम्म आइपुगेर पनि मात्र एउटा त्यो पनि अपरिमार्जित कथासङ्ग्रह दिनुले उनी स्रष्टत्वप्रति बेवास्ता गर्ने साहित्यभण्डारका साहित्यिक अपराधी त हुँदैहुन् । भाषिक रूपले हेर्ने हो भने एकांश पनि यसतिर ख्याल गरेको देखिँदैन । ठीक छ, स्रष्टाले भाषिक संरचना बुझे राम्रो नबुझे पनि फरक पर्दैन तर छाप्नुअगाडि बुझ्नेलाई राम्ररी देखाएर छाप्नुपर्छ नि । छोटामीठा वाक्यगठन । शुद्ध वर्णविन्यास ।
अहिले भाषिक विवाद भए पनि जुन लेखिन्छ त्यसमा किताबभरि एकरूपता हुनु अनिवार्य छ । हेमन्तको कथासङ्ग्रह बुढेसकालको मधुमासमा यसतिर पटक्कै वास्ता गरिएको छैन । टाढाको कुरै छाडौँ । पङ्क्ति, अनुच्छेदको कुरै छाडौँ एउटै वाक्यमा अल्छी शब्द दुई प्रकारले लेखिएको छ-अल्छी, अल्छि । यो लेखकको लेखकीय धर्म इतर यस क्षेत्रमा पनि नाम टाँसिहालौँको लहडभन्दा अर्को केही हुनसक्छ ?
नेपालको पूर्वी क्षेत्रका सशक्त हस्ती । गद्य, पद्य दुवै कविता समाधिमा बसेर लेख्ने हो भने सक्ने, शिक्षा क्षेत्रको माथिल्लो घुम्ने कुर्सी घुमिसकेका मित्र भीम खतिवडाको भूमिका लामै छ । नरिसाउन् भन्ने होला सकारात्मक पनि छ तर कृति त्यस अनुकूल नभएकाले कतै भीमका सेता दारीमा ध्वाँसो त लाग्दैन ? उत्साह र प्रेरणाको कुरा ती अवोध बालमानसिकतालाई आवश्यक छ तर यी तिघ्रा मोटाएर कपाल फुलिसकेका तैपनि साहित्यमा आउने रहर राखेर झुलुक्क देखापरेका हेमन्तलाई गुलिया वचनले नभएका गुण छन् भन्दै प्रेरणा दिन खोज्नु नितान्त गलत कुरा हो । हेमन्तले त सोच्नु अनिवार्य छँदैछ भीमले पनि अनेक पटक सोचेर, बनाएर, सर्जकलाई सम्झाएर, सुधार्न लगाएर कलम चोब्न अल्छी गर्नु हुँदैनथ्यो । यसैले आधा साहित्यिक अपराधका भागीदारीमा सहभागी भीम खतिवडाले पनि हुनैपर्छ ।
सम्पूर्ण स्रष्टाका लागि अझ साहित्य लेखेर केही नपाएको गुनासोमा निरास हुने निकम्मा स्रष्टाका लागि केहीमध्ये हेमन्त पनि एउटा उदाहरण बनेका छन् शान्तिको मूल स्रोत नै साहित्यलेखन हो भन्ने कुरामा । कारण यिनी विषयान्तर विषयबाट यता आएका हुन् । यिनको विषय विज्ञान हो ।
उम्रेको फूल हुर्काउन कति प्रयास गर्नुपर्छ त्यसमाभन्दा बढी प्रयास साहित्यिक यात्रामा हुनु अनिवार्य छ । ठट्टामा म पनि नाम चलाइहालौँ भनेर साहित्यकार भइन्न । स्रष्टत्वको उचाइ छोइन्न । यो उमेरमा पहिलो कृति त्यो पनि कथा सङ्ग्रह जसमा कल्पनात्मक आधिक्यभन्दा वस्तुताको मात्रा ज्यादा हुन्छ, हुनै पर्दछ । प्रतिभा हेमन्तको नभएको होइन तर त्यसको गोडमेल खोइ ?
यो पहिलो कृति हो । तालीका ठाउँ कम छन् । गाली अक्षर अक्षर र मात्रा मात्रामा उनले पाउनै पर्छ । उमेरका हिसाबले साहित्य यात्रा जोक होइन जीवन हो । जीवनलाई हुर्काउन नजानुन्जेल अपराध गर्ने बाबुआमाले वा नजिकका अभिभावकले जति दुख गर्छन् र आफैँ जान्ने भएपछि आफूले जति दुख गर्नुपर्छ ठीक साहित्य त्यस्तै र त्यही हो । निकै ढिला भइसक्यो तर के अबको समयमा हेमन्तले साहित्यलेखनलाई जीवन ठानेर अगाडि बढाउलान् ? हेर्न बाँकी छ अनिमात्र फेरि केही भन्ने अवसर उदाउला । यस कृतिका धेरै ठाउँमा चुर्ण असल पक्ष धेरै छन् तिनलाई नै माध्यम बनाएर हेमन्तको कलमी यात्रा अघि बढोस्को कामना त गर्नै पर्छ ।
सम्पूर्ण स्रष्टाका लागि अझ साहित्य लेखेर केही नपाएको गुनासोमा निरास हुने निकम्मा स्रष्टाका लागि चाहिँ केहीमध्ये हेमन्त पनि एउटा उदाहरण बनेका छन् शान्तिको मूल स्रोत नै साहित्यलेखन हो भन्ने कुरामा । कारण यिनी विषयान्तर विषयबाट यता आएका हुन् । यिनको विषय विज्ञान हो । अध्ययनले दिएको सडकको घोडालाई एकतमास एकोहारो कुदाएझैँ मनमा पट्टी कसेर दिमागका वस्तादी कसरतमा निरस जीवनवादी विज्ञानको आँखो बन्द गरी हेमन्त दिलको चश्मा खोलेर अक्षरका खेती गर्दै यसतिर आउनु चाहिँ नेपाली भाषा, साहित्य र सर्जकका लागि यसै पनि सुखद् कुरा हो, खुशीको कुरा हो ।
यसबाट पनि के स्पष्ट हुन्छ भने मान्छेका नवनवांश मन सन्तुष्ट राख्न साहित्यका फाँटमा अवतरित हुनु अनिवार्य छ । नवनवांश मनलाई दुःखमा, आँसुमा, असन्तोषमा, चिन्ता र छट्पटीमा राख्नु छ भने वा राख्ने निकम्मा मान्छेहरू मात्र अन्य क्षेत्र ताक्छन् । नेता भएर भ्रष्टाचारको सगरमाथा उठाउन, निजामती कर्मचारी भएर पेन्सनको भारले भुँडी मोटाउन, प्राध्यापक भएर टेपरेकर्डका गफले स्वर्णिम समयका पलहरू कटाउन इच्छुक दुःखी मान्छे मात्र यस यात्रामा समावेश हुन तर्सन्छन्, हच्कन्छन्, डराउँछन् र भाग्छन् ।
यो समाधिको यात्रा हो । सर्वसन्तुष्टिको यात्रा हो । पूर्णआयु रक्षाको यात्रा हो । यस अवस्थामा साहित्यतिर आएका र यो कृति प्रकाशनसमेत गरिसकेका कथाकार त भन्नै पर्यो हेमन्त निरौलाले यो धर्म निर्वाह गर्दै यस क्षेत्रको उचाइ चुम्न सक्लान् ? यसका लागि सङ्कल्पित निरन्तरता जन्माउँदै कम्तीमा वर्षको एउटा कृति प्रकाशमा ल्याए भने चाहिँ ठीक छ नत्र उही गफको पुलिन्दामा मात्र सीमित हुन्छ । माथि दिइएका एकाध तालीलाई बिर्सी गालीका कच्ची बाटा सफा गर्दै यिनी अगाडि बढुन्को कामनासहित अक्षरका दुष्ट हिले रोपाइँबाट विश्राम लिन्छु म अहिले ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र