चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका-१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो । वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जना परिवारले जङ्गली च्याउ खाएका थिए । जसमध्ये तीन जना जेठ १ गते बिरामी परी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो ।
उपचारका क्रममा नमुनाको सोही दिन मृत्यु भएको थियो । १३ वर्षीया मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बिरामी मनिताको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र