काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई आइतबार बिदाइ गरेको छ । टोलीले एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपमा सहभागिता जनाउनेछ ।
क्यानले आइतबार आयोजित कार्यक्रममा कप्तान इन्दु वर्मा र उपकप्तान पूजा महताेसहितको टोलीलाई बिदाइ गरेको हो ।
टोलीमा सीता रानामगर, सोनी पाख्रिन, सिमा केसी, विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्री रहेका छन् । वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु बिस्ट, सना परवीन र लक्ष्मी साउद समावेश छन् ।
एसियन गेम्स महिला क्रिकेट क्वालिफायर मे २३ देखि ३१ सम्म र एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ सम्म मलेसियामा आयोजना हुनेछ ।
एसियन गेम्सका लागि ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पहिले नै छनोट भइसकेका छन् भने बाँकी चार स्थानका लागि अन्य टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपालले यही छनोट प्रतियोगितामार्फत स्थान सुरक्षित गर्ने लक्ष्यसहित सहभागिता जनाउन लागेको हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र