काठमाडौं । निर्मला फाउण्डेसनको आयोजनामा बागमती प्रदेश अम्प्युटी फुटसल च्याम्पियनसिप काठमाडौंस्थित हाइवे फुटसलमा सम्पन्न भएको छ । तीन टोली सहभागी प्रतियोगितामा कर्णाली प्रदेश च्याम्पियन बनेको हो । लिग चरणअन्तर्गत कर्णालीले दुई खेलबाट एक जित र एक बराबरीसहित चार अंक जोड्दै उपाधि जित्यो । उपाधिसँगै कर्णालीले २५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्यो ।
बागमती प्रदेश दुई बराबरीसहित दुई अंकका साथ उपविजेता बन्यो । गण्डकी प्रदेशले एक बराबरी र एक हारसहित एक अंक जोड्दै तेस्रो स्थान हासिल गर्यो । उपविजेता बागमतीले १५ हजार तथा तेस्रो भएको गण्डकीले १० हजार रुपैयाँ प्राप्त गरे ।
कर्णालीका सुदीप चापागाईं प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले सर्वाधिक गोलकर्ताको अवार्डसमेत जित्नुभयो । उत्कृष्ट गोलरक्षकको पुरस्कार कर्णालीकै चेतनारायण खनालले प्राप्त गर्नुभयो । तीनै विधाका विजेताले जनही पाँच हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका उपाध्यक्ष तथा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही रहनुभएको थियो । विशेष अतिथिका रूपमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक बालगोपाल साहुखलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निर्मला भण्डारी, पूर्ण जीवन फाउण्डेसन नेपाल, इम्प्याक्ट हुप्स एकेडेमीका संस्थापक प्रेमसुन्दर होना तथा विश्राम फाउण्डेसनका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।
प्रतियोगिताले अम्प्युटी खेलाडीहरूको क्षमता, आत्मविश्वास र खेलप्रतिको समर्पण उजागर गर्दै समावेशी खेलकुद विकासमा सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र