विराटनगर । नेपाली क्रिकेटका ‘लेभल–वान’ अम्पायर भाष्कर अर्यालको निधन भएको छ । उहाँको आइतबार बिहान विराटनगरमा निधन भएको हो । विराटनगर-४ का ४६ वर्षीय अर्याल विगत एक महिनादेखि जण्डिस रोगसँग जुधिरहनुभएको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि विराटनगरस्थित कोशी अस्पतालमा दुई सातासम्म उहाँको उपचार गरिएको थियो । तर, स्वास्थ्य अवस्थामा सुधार नभएपछि र चिकित्सकले थप उपचार सम्भव नरहेको बताएपछि उहाँलाई गत आइतबार घर लगिएको थियो । घरमै उपचार र हेरचाह भइरहेकै अवस्थामा आइतबार बिहान उहाँको निधन भएको हो ।
अर्याल नेपाली क्रिकेट वृत्तमा एक परिचित र मिहिनेती अम्पायरका रूपमा स्थापित हुनुहुन्थ्यो । स्थानीय स्तरदेखि विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा कुशल अम्पायरिङ गर्दै उहाँले खेल व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । क्रिकेटबाहेक उहाँले झण्डै १० वर्ष पत्रिकाको छापाखानामा प्रेस सहयोगीका रूपमा सेवा गर्नुभएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) र कोशी प्रदेश क्रिकेट संघले अर्यालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । क्यानले उहाँको निधनले नेपाली क्रिकेटको विकासमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । स्वर्गीय अर्यालका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको आइतबार नै विराटनगरस्थित परोपकारघाटमा अन्त्येष्टि गरिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र