काठमाडौं । कर्णालीको माटो, वेदना र यथार्थलाई रङ्गमञ्चमा उतारिएको नाटक ‘अछेता’ शुक्रबारदेखि बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । गोविन्द सुनारको लेखन तथा निर्देशन रहेको नाटक जेठ २५ गतेसम्म हरेक साँझ ५ः१५ बजे मञ्चन हुने जनाएको छ ।
कला घरको प्रस्तुति रहेको नाटकले बहिष्कार, विभेद र असमानताको भार बोकेर बाँचिरहेका समुदायहरूको कथा प्रस्तुत गरेको छ । नाटकमा दिपेश खत्री, दानराज न्यौपाने, झकेन बी.सी., सुस्मिता कुँवर, सुवास खत्री, केशव रोकाया, जमुना शाही, जुनमाया परियार, गोमा खत्री, आरती बुढा, अप्सरा के.सी., कल्पना मल्ल तथा शिवानी परियारको अभिनय रहेको छ ।
यसैबीच, नाटक टोलीले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएको छ ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र