काठमाडौं । बजाज चेतक इभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । कम्पनीले पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
आधुनिक इभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहककेन्द्रित सेवा समेटिएको जनाइएको छ । उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्शदेखि चेतक इभीका निम्ति विशेष सेवा सुविधासमेत एउटै स्थानमा उपलब्ध गराइएको छ ।
उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रतिनिधि तथा नेपालका निम्ति बजाज दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका व्यवस्थापन टोलीको उपस्थिति थियो ।
शोरुममा आउने ग्राहकले डिजिटल प्रोडक्ट डिस्प्लेमार्फत् सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् । प्रशिक्षित इभी विज्ञमार्फत् विद्युतीय सवारी, चार्जिङ समाधान तथा स्मार्ट फिचरसम्बन्धी परामर्श पनि प्राप्त गर्न सकिनेछ ।
चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिबिम्बित गर्नेगरी निर्माण गरिएको यो शोरुममा आधुनिक इन्टेरियर तथा इन्टरएक्टिभ टचपोइन्ट समावेश गरिएको छ । यसले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र