काठमाडौं । बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको छ । नेपालका निम्ति बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले एसइई दिएका विद्यार्थीसहित सम्पूर्ण ग्राहकलक्षित आकर्षक योजना ल्याएको हो ।
यो योजनाअन्तर्गत ग्राहकले बेनेलीको स्कुटर र मोटरसाइकल खरिदमा छुट पाउनेछन् । ग्राहकले अब पानारिया १२५ स्कुटर दुई लाख ५९ हजार ९०० र बेनेली १८० एस मोटरसाइकल तीन लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, ग्राहकले दुई वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन् । यसअन्तर्गत कम्पनीले दुई वर्षसम्म सम्पूर्ण लेबर चार्ज, ल्युब, इञ्जिन आयल, आयल फिल्टर र फ्युल फिल्टरसमेत निःशुल्क उपलब्ध गराउनेछ ।
ग्राहकले पाँच वर्षसम्म स्पेयर पार्ट्समा २५ प्रतिशतसम्म छुट पाउने पनि कम्पनीले जनाएको छ । यो अफर सीमित अवधिसम्म बेनेलीका देशभरका शोरुममा लागू हुने जनाइएको छ । बेनेली नेपालका ब्राण्ड स्ट्राटेजिस्ट प्रशान्त खत्रीले विशेषगरी एसइई दिएका विद्यार्थी र युवापुस्तालक्षित यो आकर्षक योजना ल्याइएको बताउनुभयो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…