काठमाडौं । विश्वविख्यात फ्रान्सेली होटल ग्रुप एकोरको चर्चित लाइफस्टाइल ब्राण्ड ‘ट्राइब’ अब नेपालमा पनि सञ्चालन हुने भएको छ । सब्रिना होटल लिमिटेडले यो अन्तर्राष्ट्रिय ब्राण्डलाई नेपाल भित्र्याउन लागेको हो । यस सम्बन्धमा सब्रिना होटल लिमिटेड र ट्राइब होटलबीच भारतको राजधानी नयाँदिल्लीमा औपचारिक सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार काठमाडौंको बुढानीलकण्ठमा अवस्थित सब्रिना होटल अब ‘ट्राइब काठमाडौं’को नामबाट सञ्चालन हुनेछ । हाल यो होटललाई पाँचतारे स्तरमा स्तरोन्नति गर्ने कार्य भइरहेको छ । ट्राइब ब्राण्डको नेपालमा यो नै पहिलो प्रोजेक्ट हो । यो ब्राण्ड छिमेकी देश भारतमा सुरु हुनुअघि नै नेपालमा प्रवेश गरेको हो । हाल थाइल्याण्ड, इण्डोनेसिया र कम्बोडियाजस्ता एसियाली देशहरूमा यसको बलियो उपस्थिति छ ।
सब्रिना होटलका अध्यक्ष निराजन थापाले एकोरसँगको यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै काठमाडौंमा आधुनिक अतिथि सत्कारको माग बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार ट्राइब ब्राण्डले आधुनिक यात्रुहरूको डिजाइन, आराम र सामाजिक अनुभवको आवश्यकतालाई पूर्ण रूपमा सम्बोधन गर्नेछ ।
उदीयमान पर्यटकीय क्षेत्रहरूमा फरक र उत्कृष्ट सेवा दिने भिजनका साथ यो कदम चालिएको र आगामी दिनमा यो होटल एक महत्त्वपूर्ण ल्याण्डमार्क लाइफस्टाइल गन्तव्य बन्ने उहाँको विश्वास छ । आधुनिक डिजाइन, व्यावहारिक सुविधा र सामाजिक स्पेसका लागि विश्वभर चर्चित ट्राइब ब्राण्डका हाल विश्वभर २७ वटा होटल सञ्चालनमा छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र